पाेखरा स्टिल फेब्रिकेटर्स एशाेसियसन पाेखराले नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्राे विमाेचन कार्यक्रम बिहिवार सम्पन्न भएकाे छ । भित्तेपात्राेकाे पाेखरा वडा नम्बर १४ का अध्यक्ष बाेधबहादुर कार्कीले विमाेचन गरे ।
पाेखरा १४ का वडा अध्यक्ष बाेधराज कार्कीले देशकाे अर्थतन्त्र भुकम्प र काेभिड-१९ लगायतका कारण समस्यामा रहेकाे बताउदै महंगिका कारण जनता वाच्न नसक्ने अवस्था सृजना भएकाे बताए ।उनले आर्थिक संकट रहेकाले मितव्ययी बन्दै कार्यक्रम गर्नुपर्नेमा जाेड दिए ।अध्यक्ष कार्कीले ब्यवसायमा गुणस्तर कायम गर्दै एक हुनुपर्छ भन्ने उदेश्यले कार्यक्रम गरेकाे भन्दै प्रशंसा गरे ।
कार्यक्रम पाेखरा उद्योग वाणिज्य संघका सदस्य सुदिप प्रधानंगले व्यबसायिक हकहितको पक्षमा रहेकाे बताउदै एकताबद्ध भएर अगाडि बढनुपर्ने बताए ।उनले ब्यवसायिहरुकाे सुखदुःखकाे साथि बन्ने बताए ।कार्यक्रममा एशाेसियसनका निबर्तमान अध्यक्ष ऋषि गिरी, पूर्वअध्यक्ष वासुदेव बराल, हुलास स्टिलका पाेखरा प्रतिनिधि गणेश देवकोटा,एशाेसियसनका सल्लाहकार नारायण बास्तोला, ब्यवसायी दीपेन्द्र राई, पूर्वअध्यक्ष रनबहादुर विश्वकर्मा,एशाेसियसनका उपाध्यक्ष बासुदेव पाैडेल लगायतले बाेलेका थिए ।
कार्यक्रम पाेखरा स्टिल फेब्रिकेटर्स एशाेसियसनका अध्यक्ष विश्व प्रसाद कर्माचार्यकाे अध्यक्षतामा भएकाे थियाे भने सञ्चालन महासचिव भीम आचार्यले गरेका थिए ।