रत्नमन्दिर दरबारभित्र हैन, बगैँचासम्म जान पाइन्छ जेठ १५ गते

पाेखरा, जेठ ७ गते ।पाेखराकाे फेवाताल किनारमा रहेकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुल्ला गर्ने चर्चा र हल्ला विगतमा नभएका हाेइनन ।

 

प्रधानमन्त्रीदेखि पाेखरा आउने मन्त्री र उच्च तहका कर्मचारी नेतृत्वले पनि बाेले तर त्याे सफल हुन सकेकाे छैन ।यतिबेला फेरि रत्नमन्दिर दरबार खुल्ला गर्ने विषयलाई व्यापक प्रचार गरिएको छ । गणतन्त्र दिवसकाे दिन दरबार सर्वसाधारणका लागि खुल्ला गर्ने भनिएकाे छ तर दरबारभित्र नभई दरबार बाहिरकाे मुल गेटमात्र खुल्ला हुने भएकाे हाे ।

 

 

ठुलाे पर्खालले घेरिएको छ, त्याे पर्खालबाट भित्र चाैरमा मात्रै सर्वसाधारणले प्रवेश पाउने  हुन भने खास  दरबारभित्र भने अझै प्रवेश पाउन कठिनछ ।दरबार हेेर्न सर्वसाधारणले अझै पर्खनुपर्छ ।

 

 

अहिले सर्वसाधारणलाई बाहिरी गार्डेनमा मात्रै जेठ १५ गतेबाट खुल्ला गर्ने तयारी भएकाे छ तर राजा रानी सहित राज परिवारका सदस्य बस्ने स्थान भने खुल्ला नहुने बताएकाे छ ।रत्नमन्दिर दरबारलाई पृष्ठभूमिमा पारेर सर्वसाधारणले तस्बिर खिच्न भने पाउनेछन दरबारभित्र प्रबेश हैन ।

 

 

दरबारभित्र रहेका सामग्रीकाे व्यवस्थान लगायतका काम हुन बाकी छ, त्यसैले तत्काल दरबारकाे भित्र जान पाइने छैन, अहिलेलाई गार्डेन सम्म खुल्ला गर्ने प्रयास भएकाे छ । बाहिर रत्नमन्दिर दरबार खुल्ला गर्ने हल्ला चलेपनि त्याे हाइन बाहिरी बगैंचा खुला हुने हाे ।पटक पटक हल्ला चलेपनि अझै खुल्ला नभएकाले अझै पत्याउने अवस्था नभएकाे स्थानीय एक ब्यत्तिले बताए।

 

 

तत्कालीन राजा महेन्द्र शाहले पोखरा फेवा किनारमा टहलिन र तनाबमुक्त भएर बास बस्ने ठाउँको परिकल्पना गर्दै पोखरामा रत्नमन्दिर बनाएका थिए

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...