सिकाइको क्षति पत्ता लगाउन सिकाइ आपूरण तथा सिकाइ याेजना कार्यान्वयनमा

पाेखरा, जेठ २६ गते । काेभिड-लगायतका महामारी, संकट, प्रकाेप आदि विभिन्न कारणबाट नियमित पठनपाठन हुन नसकेकाे अवस्थाबाट भएकाे सिकाइको क्षति पत्ता लगाउन सिकाइ आपूरण तथा दुत सिकाइ याेजना कार्यान्वयनमा ल्याइएकाे छ ।

नेपाल सरकार, शिक्षा तथा प्रविधि मन्त्रालयले याेजना ल्याएकाे आज पाेखरामा पत्रकार सम्मेलन गरेर कार्यक्रम बारे जानकारी दिइएको हाे ।

 

 

सिकाइकाे क्षति पत्ता लगाई आपूरण गर्ने र विद्यार्थी सिकाइलाई अपेक्षित उपलब्धि प्रााप्ती साथै नियमित, व्यवहारिक, गतिशील, सिकारुमैत्री, सिर्जनात्मक र नवप्रवर्तनात्मक बनाउन संघ, प्रदेश र स्थानीय सरकार, शिक्षा क्षेत्रमा सहयोग पुर्‍याइरहेका गैरसरकारी, सामुदायिक संघसंस्थाकाे सहयाेगमा मुख्यत विद्यालयले कार्यान्वयन गर्ने याेजना रहेकाे शिक्षा तथा मानव साेत विकास केन्द्रले जनाएकाे छ ।

 

 

समग्र याेजनाकाे अवधारणात्मक पक्षका साथै सिकाइ आपूरण र दुत सिकाइका लागि गर्नुपर्ने, गर्न सकिने कियाकलाप साे काे सञ्चालन प्रकि्या तथा विभिन्न निकायहरुकाे जिम्मेवारी सहितकाे सिकाइ आपूरण तथा दुत सिकाइ याेजना कार्यान्वयन सहजिकरण पुस्तिका स्विकृत भएकाे शिक्षा तथा मानव साेत विकास केन्द्रका महानिर्देशक चुडामणि पाैडेलले बताए ।

 

 

याेजना कार्यान्वयनकाे मुख्य मार्गदर्शक आधारकाे रुपमा रहेकाे सहजिकरण पुस्तिकामा मुलत काेभिड तथा यस्तै अन्य विपतकाे समयमा बिद्यालय शिक्षामा हुन गएको क्षति पत्ता लगाइ क्षति न्युनिकरण गरी सिकाइमा गुणात्मक सुधार ल्याउन नियमित सिकाइका अतिरिक्त भइरहेकाे सिकाइ क्षति आपूरण र दुत सिकाइका लागि विद्यालयले अपनाउन सक्ने बैकल्पिक सिकाइका सम्भावित तरिकाहरु तरिकाहरु समेत उल्लख गरिएकाे पाैडेलले ताए ।

 

 

कार्यक्रममा उपसचिव धनश्याम अर्याल र उपसचिव बसन्त काेइरालाले कार्यक्रमले सिकाइमा प्रभावकारी भुमिका खेल्ने  विश्वास ब्यत्त गरे ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...