पोखरा, जेठ ३० गते । शारीरिक सुगठन खेलमा विकृति रहेको नेप्लिज फेडेरेशन अफ बडिविल्डङ एण्ड फिटनेश (एनएफबिएफ)ले बताएको छ । पहुँचवाला ब्यक्तिहरु दुई दशक भन्दा बढि एउटै पदमा रही शारीरिक सुगठन खेललाई आफनो पेवा सम्झदै संघीयताको मर्म विपरित नेतृत्व काठमाडौमै केन्द्रीत गरेर देश संघीयता विरोधी गतिविधि गरेको आरोप एनएफबिएका केन्द्री उपाध्यक्ष नुना गुरुङले आरोप लगाए ।
संघीयताको मर्म विपरित काठमाडौ बाहिर नेतृत्व जान नदिने सम्मका खेलहरु भए उनले भने, ‘लामो समयदेखि यस खेलको विकासमा लागेका काठमाडौ बाहिरका साथीहरुलाई सधैँ सोझेलमा पारी कहिल्यै अगाडी बढन नदिने जस्ता कार्यहरु भर्खर मात्र नव गठित समितिबाट गरिएको छ ।’
उनले गुटका आधारमा आफ्ना नजिकका ब्यक्तिहरुलाई मात्र राखेर शारीरिक सुगठनको खिल्ली उडाएको बताउदै कास्की जिल्ला बडिबिल्डिङ एण्ड फिटनेस संघलाई जानकारी र पत्राचार नै नगरी रातारात एक पक्षीय रुपमा जिल्ला तथा प्रदेश कमिटि गठन गरिएको बताए । उनले जिल्ला र प्रदेशको आधिकारीक पत्र बिना केन्द्रीय कमिटिमा भाग लिने सम्मका गैरकानूनी कार्यहरु भएको उल्लेख गदै केन्दीय कमिटि, प्रदेश र जिल्ला कमिटि गठनमा आफुहरुलाई स्वीकार्य नभएकाले घोर भत्सर्ना गर्दै विघठन गरेर सहमतीका आधारमा पूर्न कार्यसमिति गठन गर्न माग गरे । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले शारीरिक सुगठन संघ भित्र राजनिती भित्राएको आरोप समेत लगाए ।
नेप्लिज फेडेरेशन अफ बडिविल्डङ एण्ड फिटनेश (एनएफबिएफ)ले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी राखेपले राजनीतिक आस्थाका आधारमा नियूक्ति गरेर राजनीति भित्राएको समेत बताए । उनले केन्द्रीय समितिमा ७५ प्रतिशत काठमाडौका ब्यक्तिहरु राखेर हालीमुहाली गरेको बताउदै भने, ‘हाम्रो असहमती छ । दुबै तर्फको समान प्रतिनिधित्व र सहभागीता हुनुपर्ने माग सम्वोधन नगरी पार्टीगत भयो ।यो स्वीकार्य छैन।’
संघका उपाध्यक्ष नुना गुरुङले हालै राजधानी लगायत देशभरका संघहरु गठन गर्दा समेत कुनै जानकारी नदिई एकलौटी रुपमा एउटा राजनितिक आस्थामा आबद्ध व्यक्तिहरुलाई बोलाएर अधिवेशन गरिएको बताए । उनले आफनो माग सम्वोधन नभए समानान्तर समिति गठन गरेर अगाडी बढने चेतावनी समेत दिए । यता कास्की जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष विजयबाबु भण्डारीले अहिले गठन गरिएको समितिलाई मान्यता नदिने बताए । उनले शारीरिक सुगठनमा दुई संघ थिए तर एक पक्षतलाई खवर नगरि गरेको पाइएकाले कास्कीले मान्यता नदिने बताए । पत्रकार सम्मेलनमा राजु थापा, उदिम गुरुङ लगायतले शारीरिक सुगठनमा राजनीति भएको बताउदै खेलकुदमा योगदान गरेका ब्यक्तिहरुलाई काम गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए ।