राखेप र एनओसी वीच जुगाँको लडाई हो,समाधान गछौँ :खेलकुदमन्त्री विष्ट

पोखरा, असार ३ गते ।युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले राष्टिय खेलकुद परिषद र ओलम्पिक कमिटि वीच जुगाँको लडाई देखिएको बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै राखेप र एनओसीले एक अर्कालाई स्वीकार नगर्ने प्रबृत्तिले खेलकुद क्षेत्रमा समस्या देखिएको बताए । उनले भने ओलम्पिक कमिटि र राखेपवीच अद्योषित विवाद देखिएको छ, यो विवादलाई हामी बसेर समाधान गर्छौ ।

 

 

उनले खेलकुदमा राजनीतिकरण रहेको बताउदै राजनीतिका लागि नभई खेलकुद र खेलाडीकाो लागि काम गर्नुपर्नेममा जोड दिए । उनले खेलकुद बजेटको प्राथमिकतामा नपरेको बताए । नयाँ आर्थिक वर्षको बजेटमा खेलकुदको रकम कटौती भएको बताउदै आगामी वर्ष बढाउने बताए ।

 

 

उनले खेलाडीको विमा कार्यक्रम ल्याउने र सुरक्षित महसुस गराउने बताए । कार्यक्रम खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालको अध्यक्षतामा भ्रएको थियो भने सञ्चालन महासचिव राजाराम पौडेलले गरेका थिए । यसैवीच उनले मन्त्री लिम्बुले पोखरा रंगशालाको निरिक्षण समेत गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...