चीनको लिन्जी शहरको संगीत र नृत्यमा पोखरेली मन्त्र मुग्ध

पोखरा-  चीनको लिन्जी शहरको संगीत र नृत्यमा पोखरेली मन्त्र मुग्ध बने भने नेपाली मौलिक लोक संस्कृतिमा चिनियाँ नागरिक रमाए ।

शुक्रबार र शनिबार पोखराको फेवातालमा हुने ‘नेपाल–चीन ड्रागन बोटरेस फेस्टिबल’ मा सहभागी हुन आएका चिनियाँ कलाकारले पोखराको सभागृहमा बिहीबार दिउँसो लोक संस्कृति पस्किए। साँस्कृतिक पहिरनमा चिटिक्क परेका चिनियाँ कलाकारले लिन्जीमा बसन्त ऋतुमा प्रस्तुत हुने कोङ्बु, तिब्बतीयन ओपेरा, विवाङ, टासी ढेलेक जस्ता लोकसंस्कृतिको स्वाद चखाए ।

भाषा नबुझे पनि चिनियाँ कलाकारको प्रस्तुति सकिँदा पोखरेलीले परर ताली बजाउँथे । कलाकारलाई सम्मान दर्शाउँथे । चिनियाँ कलाकार पनि आत्मीयता साट्न स्टेजबाट दशर्कदीर्घामा ओर्लन्थे।

नेपाली कलाकारले चिनियाँ पाहुनालाई नेपालको संस्कृति झल्कने कौराहा, चुड्का, धिमे र मारुनी नाँच प्रस्तुत गरे । चिनियाँ पाहुना पनि उसै गरी नेपाली लोकसंगीतमा डुबे ।

 

 

दुई देशका कलाकारले दर्जनभन्दा बढी प्रस्तुति राखे । २ घण्टासम्म चलेको साँस्कृतिक कार्यक्रमको अन्तिममा दुई देशका कलाकारले सँगै समापन गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...