लोकतान्त्रिक तमु संघ पोखरा महानगरमा खिमा गुरुङ

पोखरा, असार ।लोकतान्त्रिक तमु संघ नेपाल पोखरा महानगरपालिका प्रथम अधिवेशनले खिमकुमारी गुरुङको अध्यक्षतामा २३ सदस्यीय महानगर कमिटि निर्वाचित गरेको छ।


सर्वसम्मत निर्वाचित कमिटिको उपाध्यक्षहरुमा क्याप्टेन प्रेमकुमार गुरुङ र तुलबहादुर गुरुङ, सचिवमा मनोज गुरुङ, सहसचिवमा पार्वती गुरुङ र दुतमान गुरुङ, कोषाध्यक्षमा रामप्रसाद गुरुङ चयन हुनुभएको छ।

 

 

यसरी नै सदस्यहरुमा मीना गुरुङ, निरा गुरुङ, क्याप्टेन देवबहादुर गुरुङ, देवबहादुर गुरुङ, तिलु गुरुङ, हेमकुमारी गुरुङ, शान्ति गुरुङ, सुशिला गुरुङ, लक्ष्मी गुरुङ, स्नेह गुरुङ, यमबहादुर गुरुङ, डम्मरसिंह गुरुङ, शोभा गुरुङ, विकास गुरुङ रहनु भएको छ।

 

निर्वाचित कमिटिलाई निर्वाचन समितिका संयोजक लोकतान्त्रिक तमु संघ नेपाल केन्द्रिय महासचिव हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो।

 

 

निर्वाचन समितिको सदस्यहरुमा केन्द्रिय कोषाध्यक्ष बैनबहादुर गुरुङ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय सदस्य विष्णुकुमार गुरुङ, संघका प्रदेश वरिष्ठ उपाध्यक्ष पवित्रा गुरुङ र जिल्ला अध्यक्ष नारायण गुरुङ रहनुभएको थियो।

 

नवनिर्वाचित अध्यक्ष खिमकुमारी गुरुङले आफुलाई अधिवेशनले दिएको जिम्मेवारी इमान्दारीपुर्वक बहन गर्ने र सम्पुर्ण तमुहरुको आशा, भरोसाको केन्द्रको रुपमा लोकतान्त्रिक तमु संघलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

 

यस अघि अधिवेशनको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि लोकतान्त्रिक तमु संघका केन्द्रिय अध्यक्ष एवम गण्डकी प्रदेशसभाका सदस्य बेदबहादुर गुरुङले लोकतान्त्रिक तमु संघको ऐतिहासिकता, आवाश्यकता र उद्धेश्यमा बारेमा प्रष्ट पार्नु भएको थियो।

 

लोकतान्त्रिक तमु संघ कास्कीका अध्यक्ष  नारायण गुरुङको अध्यक्षता र सचिव डबिन गुरुङको सञ्चालनमा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष(प्रवास) गमबहादुर गुरुङ, प्रदेशका वरिष्ठ उपाध्यक्ष पवित्रा गुरुङ, नेकपा एमाले पोखरा महानगर कमिटिका अध्यक्ष दिलिप न्यौपाने, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ पोखरा महानगरका अध्यक्ष अर्जुन भुजेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने स्वागत जिल्ला उपाध्यक्ष लक्ष्मी गुरुङ र नृत्य प्रस्तुति चिउली पाचे तमु समाजका आमाहरुले गर्नुभएको थियो।

 

कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला कमिटि सदस्यमा हालै  मनोनित हुनुभएका संघका विष्णुकुमार गुरुङ, राजु गुरुङ, बिनाकुमारी गुरुङ र कल्पना गुरुङलाई खादा लगाएर बधाई ज्ञापन गरिएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...