पोखरा । आइतबार रातिको परेको पानीले पोखरा ५ र ८ जोड्ने राधाकृष्ण मन्दिर नजिकैको पुल भत्किएको छ । वर्षाका कारण खोला बढेपछि पानीले उचित निकास पाएन र पुलमा क्षति पुगेको हो । दुई वडा जाेडने पुल भत्किएपछि सवारीसाधन आवागमन राेक्किएकाे छ ।
पुल भत्किएपछि पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङ, ५ का वडा अध्यक्ष विष्णुप्रसाद वराल, ८ का अध्यक्ष रुद्रनाथ बराल सहित स्थलगत रुपमा निरिक्षण गर्दै तत्काल के गर्न सकिन्छ भन्ने विषयमा प्रााविधिकसंग परामर्श लिएका थिए ।
पोखराको फिर्के खोला अतिक्रमणको चपेटामा परेको छ । यो पुल नजिकै बगालेटोल बहुद्देश्यीय भवन, सोपाँल तमु समाजको भवन छ । यसका कारण फिर्के खोला अतिक्रमणमा परेको छ ।
वर्षाका कारण पुलको तल्लो भाग बगाए पछि पुल धरापमा परेका हो ।