मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कारबाट खेम सारु मगर पुरस्कृत

पाेखरा, साउन १ गते।राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापित नेपाल मगर पत्रकार संघ कास्कीद्धारा सञ्चालित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८०’ बाट अग्रज पत्रकार रेडियो नेपालका खेम सारुमगर पुरस्कृत भएका छन् ।

मौलिक कौराहा संरक्षणको पक्षमा पत्रकारिता मार्फत उजागर गरेको भन्दै पत्रकार सारु मगरलाई आइतबार भएको एक कार्यक्रम वीच पुरस्कृत गरेको हो ।

 

 

गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापामगर, राष्ट्रिय कौराहा संरक्षण समितिका अध्यक्ष हर्क आलेमगर, मगर पत्रकार संघ कास्कीका अध्यक्ष विनु मस्राङ्गी मगर लगायतले मगरलाई सम्मानपत्र, दोसल्ला तथा नगद १० हजार रुपैयाले सम्मान गरेका हुन ।

 

 

कार्यक्रमको अवसरमा थापामगरले पहिचानको रुपमा रहेको कला संस्कृति, भाषा र भेषभुषाको संरक्षण गर्नुपर्नेमा जोड दिए । मगर सामुदनयको पहिचानको रुपमा रहेको कला संस्कृति, भाषा र भेषभुषाको संरक्षणका लागि सवैको दायित्व भएको बताए ।

 

 

विभिन्न समुदायमा बसोबास गर्ने विभिन्न जातजातिको संरक्षण र संस्कृतिको संरक्षणमा पत्रकारहरुको ठूलो भुमिका रहेको पनि उनले बताए । पुरस्कृत पछि बोल्दै पत्रकार खेम सारुमगरले मगरहरुको कला संस्कृति र भेषभुषा संरक्षणमा थप जिम्मेवारी थपिएको जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

 

कार्यक्रममा मगर संघ कास्कीका अध्यक्ष राम थापा मगर, चर्चित ¥यापर आसिष राना मगर ‘लाहुरे’, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महा–सचिव गोविन्द सुवेदी लगायतले भाषा, संस्कार संस्कृति र रितिरिवाज संरक्षण गर्नुपर्नेबारे बोलेका थिए ।

 

 

नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा गठन गरिएको समितिले पत्रकार सारुमगरलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । श्रव्यदृश्य माध्यमबाट मौलिक कौराहा संरक्षणमा योगदान र्पुयाउँदै आएका पत्रकारहरुलाई पुरस्कार प्रदान गर्दै आएको राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका केन्द्रिय अध्यक्ष हर्क आलेमगरले बताए ।

 

 

उनका अनुसार मौलिक कौराहा पत्रकारिता पुरस्कार स्थापना २०७५ मा गरिएको हो । यस अघि उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणमा कलम चलाउँदै आएका पत्रकारहरु कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), मान बहादुर घर्ति मगर (कास्की), मनोज घर्ति मगर (कास्की) पुरस्कृत भइरसकेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...