सांगीतिक कलाकार संघको अध्यक्षमा हर्कराज

पोखरा, साउन ६ गते ।पोखरा सांगीतिक कलाकार संघ नेपालको अध्यक्षमा हर्कराज गुरुङ (भाइ गुरुङ) सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरा ट्रेडमलमा रहेको क्लासिक चुलो रेष्ट्रोमा भएको सातौं अधिवेशनबाट हर्कराजको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

सघंको उपाध्यक्षमा टोप बहादुर खत्री, सचिवमा भाष्करध्वज श्रेष्ठ, कोषाध्यक्षमा शान्तरत्न बज्राचार्य र सह–सचिवमा विनोद वानियाँ चयन भए । यसैगरी सदस्यमा ईन्द्र बहादुर गुरुङ, आनन्दराज बज्राचार्य, अमित गुरुङ र रोहनजंग कार्की छानिए । थप रिक्त दूई सदस्य कार्यसमितिले मनोनयन गर्नेछ ।

 

 

वरिष्ठ संस्कृतिकर्मी तीर्थ श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको हो । समितिको सदस्यमा संस्थाका सल्लाकार शेरबहादुर गुरुङ र ज्ञानबहादुर थापा रहेका थिए ।

 

 

यसअगाडि संघको १४ औं साधारण सभा तथा सातौं अधिवेशनमा बोल्दै गीतकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखराका गीतकार, संगीतकार तथा गायकलाई एकसाथ देख्ने रहर आफ्नो रहेको बताए ।

 

 

‘गीतको लागि आवश्यक पर्ने तीन तत्व एकसाथ देख्ने रहर छ सबै टीमको तालमेल नभएर गीत राम्रो भएन’ उनले भने ।ांगीतिक क्षेत्र अव्यवस्थित भएकोले संगठित हुनुपर्नेमा गीतकार समेतर रहेका श्रेष्ठले जोड दिए ।

 

 

कलाकारको आम्दानीको श्रोत पहिला भन्दा घटेको र हुने गरेका स्टेज कार्यक्रमा समेत केही व्यक्तिको मात्र पहुँच पुग्दासमस्या भएको औल्याए । केही राम्रा कार्यक्रम ल्याएर पोखराको सांगीतिक क्षेत्रमा नयाँ भाइब्स ल्याउनुपर्नेमा उनको जोड थियो । संस्थागत रुपमा संवाद र संगत गर्दै अगाडि बढेमा लक्ष्यमा पुग्न सकिने भनाई समेत उनले राखे ।

 

 

संघका सल्लाहकार शेरबहादुर गुरुङले गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानमा पोखरा सांगीतिक कलाकार संघमा आवद्ध संगीतकर्मी पुग्न नसक्नु दुःखद भएको बताए । आगामी दिनमा ती प्रतिष्ठानहरुमा संघको प्रतिनिधित्व हुने हिसाबले अगाडि बढ्न समेत उनले नयाँ कार्यसमितिलाई सुझाब दिए । अर्का सल्लाहकार ज्ञान बहादुर थापाले कलाकार राज्यको सम्पत्ति भएपनि राज्यले हेर्ने दृष्टिकोण कलाकारमैत्री नभएको गुनासो गरे ।

 

 

पोखरा सांगीतिक कलाकार संघ नेपालका अध्यक्ष हर्क बहादुर थापा क्षेत्री (सुनिल थापा) को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हर्कराज गुरुङले गरेका थिए । राजेन्द्र अधिकारीले पेश गरेको सचिवको प्रतिवेदन र  शान्तरत्न बज्राचार्यले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र अधिकारीले गरेका थिए ।

 

 

आजभन्दा झण्डै १८ वर्ष अगाडि स्थापना भएको संघमा हाल पोखराका ३८ जना संगीतकर्मी सदस्य रहेका छन् । हालसम्म संघको नेतृत्व दीपक भट्टराई, श्यामशुङ तामाङ र हर्क बहादुर थापा क्षेत्रीले कुशलतापूर्वक पुरा गरेका छन् । सबैको साथ सहयोगमा संघलाई नयाँ उचाईमा पु¥याउने प्रतिवद्धता नवनिर्वाचित अध्यक्ष हर्कराज गुरुङले गरेका छन्

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...