पोखरा । पोखरा महानगरपालिकामा क्रियाशील स्थानीय तह कर्मचारी संघ नेपाल, नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालमा आवद्ध कर्मचारीहरुको भेला र अधिबेशनले हरिलाल आचार्यको अध्यक्षतामा ११ सदस्यीय पोखरा महानगरपालिका स्थानीय तह कर्मचारी संगठन गठन गरेको छ ।
समितिको उपाध्यक्षमा दमयन्ती पराजुली, सचिवमा अनिल आचार्य सह(सचिवमा अर्जुन बहादुर क्षेत्री कोषाध्यक्षमा बेल कुमारी गुरुङ र सदस्यहरुमा गोबिन्द प्रसाद देवकोटा, सबिना श्रेष्ठ, रबिन्द्र गोदार, राजेन्द्र पौडेल, दिपक कोइराला र गौरा रिमाल रहेका छन् । भेलाले नारायण प्रसाद शर्मा संयोजक, महेन्द्र गोदार र मंजु ढुंगाना सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरेको छ ।
संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रको प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य थममाया थापाले सार्वजनिक सेवा प्रवाहलाई केन्द्रमा राखेर पेशागत हक हित र वृत्ति विकासका लागी संगठित भएर अगाडी बढ्न आग्रह गरिन् ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य एबम पोखरा महानगरपालिका इन्चार्ज कृष्ण थापा, केन्द्रिय कमिटि सदस्य एबम पोखरा महानगरपालिकाका उप प्रमुख मंजु देवी गुरुङ्ग, नेकपा एमाले केन्द्रिय कमिटि सदस्य एबम अन्नपुर्ण, माछापुच्छ्रेका इन्चार्ज राजीव पहारी, पेशागत महासंघ नेपालका केन्द्रीय अध्यक्ष पुण्य प्रसाद ढकाल, स्थानीय तह कर्मचारी संघ नेपालका केन्द्रीय अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले बाेलेका थिए।
त्यस्तै नेपाल केन्द्रीय कमिटिका सचिव एबम गण्डकी प्रदेश इन्चार्ज राम प्रसाद खनाल, पोखरा महानगरपालिका नगर कार्यपालिकाका नेकपा एमालेका नेता राधिका शाही योगी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य भरत भुषाल, गण्डकी प्रदेश अध्यक्ष अशोक खनाल, स्थानीय तह कर्मचारी संघ नेपालका केन्द्रीय सचिब छबि शर्मा, गण्डकी अध्यक्ष महेन्द्र गोदार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सदस्य एबम कास्की जिल्ला इन्चार्ज हरिलाल आचार्य र ध्रुब भट्टराईले मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत शिव बराल र संचालन नवराज अधिकारीले गरेका थिए ।