बल प्रयाेग गरेर भएपनि महानगरले फाेहाेर लामेआहालमै फाल्ने

पाेखरा, साउन २२ गते ।पाेखरा महानगरपालिकाले मंगलबार बिहानदेखि पाेखरा ३२ काे लामेआहालमा फाेहर ब्यबस्थापन गर्ने भएकाे छ।उक्त स्थानमा फाेहर फाल्न २ हप्तादेखि स्थानीयले अबराेध गरेका थिए ।


स्थानीय संघर्ष समितिसंगकाे छलफल टुंगोमा पुग्न नसकेपछि महानगरले मंगलवार देखि फाेहर फाल्ने भएकाे छ । स्थानीयले अबराेध गरे बल प्रयाेग गर्ने जनाएकाे छ ।

 

जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वासुदेव घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले मंगलबारदेखि फोहोर व्यवस्थापन लामेआहालमा लगेर व्यवस्थापन गर्ने निर्णय गरेको जानकारी पोखरा महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले दिए ।

 

फोहोर व्यवस्थपानमा आवश्यक सुरक्षा प्रदान गर्ने निर्णय जिल्ला सुरक्षा समितिको निर्णय छ । सुरक्षा प्रदान भनिए पनि खासमा अवरोध भए बल प्रयोग गर्ने अर्थात प्रहरी परिचालन गर्ने हो । तर महानगरपालिका प्रवक्ता तिमिल्सिनाले स्थानीयबाट अवरोध नहुने र बल प्रयोग गर्नु नपर्ने विश्वास व्यक्त गरे ।

 

महानगरपालिकाका तर्फ गरिएका १६ बुँदे प्रतिबद्धता अक्षरश पालना हुने पनि तिमिल्सिनाले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...