कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ बाट गुरुङ र थकाली पुरस्कृत

पोखरा, साउन २७ गते ।कास्कीका अग्रज पत्रकार हुमबहादुर गुरुङ र नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दर कुमार थकाली पुरस्कृत भएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले सञ्चालन गरेको ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ बाट उनीहरुलाई पुरस्कृत गरिएको हो ।

 

 

फोनिज गण्डकीले आफ्नो ३४ औं स्थापना दिवशको अवसर पारेर आयोजना गरेको पुरस्कार अर्पण कार्यक्रममा दुबै जनालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान पत्रसहित  पुरस्कार राशी २५ हजारका दरले प्रदान गरेका हुन् । सम्मानित पत्रकार दुवै पत्रकारले पुरस्कारले आफूहरुलाई अझै कृयाशिल भएर पत्रकारितामा लाग्न प्रेरित गरेको धारणा राखे ।

 

 

यसअघि वरिष्ठ अधिवक्ता तथा फोनिज गण्डकीका प्रमुख सल्लाहकार सुरेन्द्र थापामगरको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले पुरस्कारका लागि दुइजनाको नाम सिफारिस गरेको थियो । समितिको सदस्यमा फोनिज गण्डकीका इन्चार्ज पत्रकार एमबी आस्था मगर, सल्लाहकार शान्ति गुरुङ तथा रुद्र श्रीस मगर र धनबहादुर गुरुङ थिए ।

 

पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् ।

 

गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङलाई यो पुरस्कार अर्पण गरिसकिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...