पोखरा, भदौ ५ गते । पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले पोखरा महानगरमा सुशासन र विकासका लागि सामुहिक प्रयास हुनुपर्नेमा जोड दिनुभएको छ ।
कर्णाली प्रदेशबाट पोखरा महानगरमा सरुवा भएर आउनु भएका थापालाई पोखरा महानगर सार्वजनीक लेखा समितिको ३० औँ बैठकमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,“ एक जनाले गरेर मात्रै हुदैन । टिम चाहिन्छ । त्यसको गुण दोसको जसअपजस सबैले लिनुपर्छ ।” उहाँले आफुमा आस र त्रास दुबै नभएको बताउदै कानुनको अधिनमा रहेर आफनो जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत थापाले पदाधिकारी ,कार्यपालिका सदस्य ,महाशाखा ,शाखालाई बोलाउने ,सोधपुछ गर्ने,निर्देशन दिने समेतको अधिकार सार्वजनिक लेखासमितिमा निहित रहेको उल्लेख गर्दै सकारात्मक भावका साथ प्रयोग गर्न सार्वजनिक लेखा समितिलाई सुझाव दिनुभयाे ।
उहाँले स्थानीय सरकार सन्चालन ऎन२०७४ बमोजिम मलेपा,अख्तियार र प्रहरीको समेत भूमिकामा रहेकोे लेखा समितिले सु-शासन र सार्वजनिक सम्पत्तिको संरक्षणमा समेत पालिका सरकारलाई आवश्यक लिखित निर्देशन दिन सक्नुपर्ने सुझाव दिनुभयाे ।
उहाँले सार्वजनिक लेखा समितिले निर्देशन गरेका बिषयहरुको कार्यान्वयनका लागि गम्भीरतापुर्वक ध्यान दिने बताउनुभयो। उहाँले कर्मचारीहरुलाई मापदण्ड बनाएर जिम्मेवारी प्रदान गर्ने योजना रहेको समेत बताउनुभयो । “कर्मचारी सम्वन्धि मापदण्ड बनाउने र त्यसलाई पास गरेर जान्छौ ।”
लेखना समिति सदस्य रामजी पौडेलले पोखरा महानगरपालिकामा अनियमितता, कर्मचारी तन्त्र अस्थब्यस्त रहेको र त्यसलाई सुधार गर्नुपर्ने खाँचो रहेको बताउदै सुन्दर, सुशासनयुक्त महानगर बनाउन प्रमुख प्रकाशकीय अधिकृतका रुपमा भुमिका खेल्न आग्रह गर्नुभयो । प्रमुख प्रकाशकीय अधिकृत थापालाई लेखा समिति संयोजक झपट रानाभाटले कार्यविधि हस्तान्तरण समेत गर्नुभएको थियो ।
पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिका संयोजक झपटबहादुर रानाभाटको अध्यक्षतामा बसेको बैठकमा लेखा समिति सदस्य बलराम पौडेल, विष्णुमणी बराल, दुर्गा थापा केसी र सदस्यसचिव रोमनाथ उपाध्यायको उपस्थित रहेको थियो ।