ओेम बुद्धि गुरुङ संग्रहालयकाे अधिवेशन, अध्यक्षमा राजकुमार

पाेखरा, भदौ १२ गते ।स्याङ्जाको पञ्चमुल  पहिलो हाेमस्टे गाउँ सिरुवारीमा रहेकाे ओम बुद्धि गुरुङ(तमु) संग्रहालयकाे अध्यक्षमा राजकुमार गुरुङ चयन हुनुभएको छ ।

संग्रहालयको मंगलबार सिरुबारीमा सम्पन्न अधिवेशनले राजकुमारकाे नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत  चयन गरे हाे ।

समितिकाे उपाध्यक्षमा साेमबहादुर गुरुङ, सचिवमा लालबहादुर गुरुङ, सहसचिवमा माया गुरुङ, काेषाध्यक्षमा अरुण गुरुङ चयन हुनुभएकाे छ ।

त्यस्तै सदस्यहरुमा सन्तोष गुरुङ, भक्त गुरुङ,चिना गुरुङ, चन्द्रकुमारी गुरुङ, गिता गुरुङ, लालबहादुर गुरुङ चयन हुनुभएकाे छ।

अधिवेशनकाे उद्घाटन पाेखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले गर्नुभयाे । कार्यक्रम बाेल्दै उहाले नेपालकै पहिलाे हाेमस्टे र पर्यटकीय गाउँ सिरुबारीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गराउदै गुरुङ समुदायको पहिचान र संस्कृति बारे जानकारी दिन संग्रहालयले भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयाे ।

उहाँले संग्रहालयलाई ब्यवस्थित र थप आकर्षक बनाउन नयाँ समितिले पहल गर्ने बताउदै त्यसका लागि आफ्नो तर्फबाट पूर्ण साथ र सहयाेग रहने प्रतिबद्वता ब्यक्त गर्नुभयाे ।

कार्यक्रम बाेल्दै साेमबहादुर गुरुङले  सिरुवारी पहिलो हाेमस्टे भएकाे उल्लेख गर्दै गुरुङ समुदायको  संस्कार, संस्कृति झल्काउने संग्रहालय निर्माण भएकाे र यसकाे स्तराेन्नति गर्नुपर्नेमा जाेड दिनुभयाे ।

 

नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य उर्मिला  गुरुङले गाउँकाे पर्यटन विकास गर्न जरुरी रहेकाे बताउदै  अझै  प्रचार प्रसार गर्नुपर्ने खाँचो रहेकाे बताउनुभयो ।

 

गुरुङहरुकाे संस्कृति र संस्कार बारे जानकारी गराउने भएकाले संग्रहालयलाई भझै ब्यवस्थित  गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा वडासदस्य माेहदत्त ढुङगाना र
बुद्धिबहादुर गुरुङले संग्रहालयकाे बारेमा बाेल्नु भएकाे थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...