प्रहरीले परिवारलाई साैन्दर्यकला विकास तालिम

पोखरा, भदौ १४ गते ।नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको आयोजना तथा महिला सिप बिकास केन्द्र पोखराको सहयोगमा सञ्चालन गरीएको प्रारम्भिक तथा उन्नत सिलाई कटाई सिप विकास तालिम र पर्यटन तथा उद्योग कार्यालय कास्की र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजना तथा गुरुङ व्युटि पार्लर एण्ड एकेडेमि पोखराको सहयोगमा संचालित “आधारभुत तथा उन्नत सौन्दर्यकला विकास तालीम” को समापन भएकाे छ ।

राष्ट्रको सेवामा २४ सै घण्टा खटिरहने नेपाल प्रहरी परीवार पनि तालीम प्राप्त गरी व्यवसायिक माध्ययम बाट आर्थिक रुपमा परीवार लाई सहयोग पुर्‍याउन सकेमा राष्ट्र सेवक प्रहरी कर्मचारीको मनोबल वृद्धि हुने भएकोले श्रीमती संघ गण्डकी प्रदेश पोखराले गत २०७९ साल चैत्र १३ र २०८० साल वैशाख १३ गते देखि ३० जना वहालवाला प्रहरी परीवारको लागि उक्त तालिमहरु सञ्चालन गरेको थियो ।

 

कार्यक्रमको सभाध्यक्ष नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी अध्यक्ष अनिता गुरुङले तालीममा सिकेका अनुभव, ज्ञान, सीप र कलालाई व्यवहारमा उतार्न सकेमा आत्मनिर्भर बन्न सफल हुने र यस्ता तालीमहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने श्रीमती संघको लक्ष्य रहेको बताउदै सहभागी दिदी बहिनीहरुले मेहनत, परिश्रम गरी सफलतापुर्वक तालीम हासिल गर्नु भएकोमा श्रीमती संघको तर्फबाट वधाई दिनुभयो । साथै तालीम संचालन गर्नको लागि सद्‍भाव र सहयोग गर्नु सम्पुर्णमा संघको तर्फबाट धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।

 

त्यस्तै प्रमुख अतिथी गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले प्रहरी परीवारलाई सिपयुक्त तथा दक्ष बनाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ शुरु गरेको सिपमुलक तालिम कार्यक्रमले प्रहरी कर्मचारीमा समेत आत्मसम्मान बृद्धि भई उत्कृष्ट कार्यसम्पादनमा टेवा पुग्ने भएकोले आगामि दिनहरुमा तालीम कार्यक्रमहरु निरन्तरताको सुझाव व्यक्त गर्नुभयो ।

 

 

संघकी सह सचिव रविना अर्यालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संघकी सदस्य अप्सरा खत्रीले उपस्थित सम्पुर्णमा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विशिष्ट अतिथिहरु रामकली खड्का र चिनु गुरुङले तालिमका विषयमा‌ आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

 

कार्यक्रममा दुवै तालिम लाई सफलता पुर्वक सम्पन्न गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने सौन्दर्य विशेषज्ञ चिनु गुरुङ, समाजसेवी रामकली खड्का र सिलाई कटाई तालिम प्रशिक्षक शोभा कुमाल लाई मायाको चिनो सहित प्रशंसा पत्र प्रदान गरीएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...