समाजवादी माेर्चाकाे भाेलि पाेखरामा सन्देश सभा

पाेखरा, भदौ १४ गते ।समाजवादी माेर्चा नेपालले भाेलि(शुक्रबार ) पाेखरामा सन्देश सभा आयाेजना गर्ने भएकाे छ ।

समाजवादी माेर्चा नेपाल केन्द्रीय संयाेजन समितिले तय गरेकाे कार्यक्रम अनुसार पाेखरामा सभा हुन लागेकाे माेर्चाकाे गण्डकी प्रदेश संयाेजन समितिले जनाएकाे छ।

 

 

पाेखरा सभागृहमा हुने सभामा प्रधानमन्त्री एंव नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उप्रेेन्द् यादब र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सम्वाेधन गर्ने नेकपा माओवाद केन्द्रका सचिव देवेन्द्र पाैडेलले जानकारी दिनुभयाे ।

 

 

माओवादी केन्द्रका सचिव  पाैडेलले संघीय,लाेकतान्त्रिक गणतन्त्र, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय सहितकाे नेपाली समाजवाद स्थापना गर्ने मुल उदेश्य सहित लाेकतान्त्रिक गणतन्त्रकाे रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका माैलिक विषेशताहरुकाे पहिचान गरी समाजवादकाे बाटाे तय गर्ने प्रतिबद्वता सहित स्थापना गरिएको बताउनुभयाे ।

 

 

माेर्चाकाे गण्डकी प्रदेश संयाेजन समिति समेत गठन भएकाे बताउदै प्रदेश संयाेजन समितिमा हरेक दलबाट तिनतीन जना प्रतिनिधित्व रहने निर्णय भएकाे उनले बताए ।

 

 

प्रदेश समितिमा नेकपा माओवादी केन्द्रबाट गायत्री गुरु, ज्ञामनाथ गैरे, जगन्नाथ खनाल, एकीकत समाजवादीबाट केशबलाल श्रेष्ठ, श्रीनाथ बराल, प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट गाेपाल गुरुङ, निर्मल जिसी, रमेश नेपाली र नेपाल कम्युनिस्ट पार्टीबाट राजन सी, दिपा सी र काजी सी रहेका छन ।

 

 

अध्यक्षता आलाेपालाे प्रणाली अन्तर्गत अहिले माओवादी केन्द्रका गायत्री गुरुङले गर्ने बताइएकाे छ ।

 

प्रचण्ड माधव नेपाल विप्लव लगायतका नेता आउने ।संविधान गणतन्त्र, समावेशीता अगाडि बढाउन ।रक्षा गर्दै सामाजिक न्याय, सुशासन स्थापना गर्ने ।प्रत्येक घटकबाट दुई दुई जना राख्ने र कमिटी बनाउने,
विभाजनकाे स्वर स्वभावीक हाे ।सरकारलाई गणितीय पुर्‍याउन हैन ।मिल्न सक्ने आधारभुत कुरामा अगाडि बढने भविष्यमा एउटै हुने लक्ष्य सहित गठन भएकाे हाे ।समाजवाद उन्मुख हाे ।सुशासनकाे पक्षमा काम भएकाे छ ।तदारुकता साथ प्रक्किया अगाडि ।युवा पलायन, महंगो ।एमसिसि बारे फरक प्रसंग छ ।ब्याख्यात्म टिप्पणी अंग बन्नुपर्छ ।राेजगारी सृजना गर्न समाजवाद स्थापना हाे ।समाजवाद अगाडि बढाउन माेर्चा हाे ।श्रमिक, उत्पिडित जनताकाे पक्षमा काम गर्ने ।सक्षम र याेग्य भएर विदेश जाने जनशक्ति उत्पादन गर्छाै ।
तुलबहादुर गुरु

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...