पोखरा, भदौ २७ गते ।चोरीको १६तोला सुनका गरहना सहित कास्की प्रहरीले दुुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं.१२ स्थित पशुसेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट सुनका बिभिन्न गरगहना अन्दाजी १६ तोला बराबरका सुनका गरहगनाहरु चोरी भएको भन्ने निवदेनका आधारमा प्रहरीले अनुुसन्धान गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं. २ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १२ बस्ने बर्ष २२ की शिवदेवी चौधरी (पीडितको घरमा काम गर्ने व्यक्ति) लाई प्रारम्भिक सोधपुछ गर्दा सुनका गरगहनाहरु चोरी गरी जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१० बुद्दचोकमा रहेको मोवाईल पसलमा लुकाएको र पसल खानतलासी गर्दा चोरी भएका १६ तोला बराबरका बिभिन्न सुनका गरगहनाहरु बरामद कास्की प्रहरीले जनाएको छ ।
मोवाई पसलका संचालक सहित दुबै जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा दिन छ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।