पोखरा, असोज १५ गते । नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन आजदेखि पोखरामा सुरु हुदैछ । देश संघीय शासन व्यवस्थामा प्रवेश गरेसंगै तीन तहका कमिटि रहने भएपनि पहिलो पटक एमालेले प्रदेश अधिवेशन गर्न लागेको हो । एमाले गण्डकीको अधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखराको अमरसिंहचौरमा उद्घाटन गर्ने गर्न ।
अमरसिंहचौरमा हुने उद्घाटन कार्यक्रममा ४० हजार कार्यकर्ता र सुभेच्छुक उत्तार्ने दावी गरेको छ । तर विहाननै देखि परेको पानीका कारण उद्घाटन कार्यक्रम प्रभावित हुने देखिएको छ । उद्घाटन लगत्तै पोखरा सभागृहमा बन्द सत्र सञ्चालन हुने एमाले गण्डकीले जनाएको छ । बन्द सत्रले नयाँ नेतृत्व चयन समेत गर्ने छ ।नेतृत्व चयन सहमतिका आधारमा गर्ने भएपनि त्यो सम्भावना भने देखिदैन् । गण्डकीमा देखिएको दुई नेताको धु्रविकरणले नेतृत्व चयनमा सकस देखिएको छ ।
प्रतिनिधि चयनबाट दुइ गुटमा विभाजित एमाले गण्डकीमा सर्वसम्मत नेतृत्व चयनको सम्भवना देखिदैन् । गण्डकीमा देखिएका दुई गुट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य खगराज अधिकारीवीचको लडाईले अन्तत नेतृत्व चयन मतदान मार्फत हुने सम्भवना रहेको छ । पृथ्वीसुब्बाको टिमबाट हालका अध्यक्ष नवराज शर्मा र खगराज टिमबाट मायानाथ अधिकारी अध्यक्षका आकांक्षी रहेका छन् । गण्डकीका ११ जिल्ला जनवर्गीय संगठनबाट गरि ९ सय ७ जना प्रतिनिधि चयन भएका छन् ।