एमाले गण्डकीको प्रथम अधिवेशनमा बन्द सत्र सुरु

पोखरा, असोज १६ गते । नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशनको आज दोश्रो दिन बन्द सत्र सुरु भएको छ । देश संघीय शासन व्यवस्थामा प्रवेश गरेसंगै तीन तहका कमिटि रहने भएपनि पहिलो पटक एमालेले प्रदेश अधिवेशन गर्न लागेको हो ।

एमाले गण्डकीको अधिवेशनको उद्घाटन हिजो एमाले महासचिव शंकर पोखरेलले गरे । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएपनि खराब मौसमका कारण पोखरा आउन ढिला भएपछि उनी आएनन् । महासचिव पोखरेलले अधिवेशनको उदघाटन गरे ।

बन्द पोखरा सभागृहमा सुरु भएको छ । अहिले राजनीतिक प्रस्तावमाथि छलफल हुने छ भने त्यसपछि नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास गरिने बताइएको छ । सर्वसम्मतको नेतृत्व चयन गर्ने दावी गरिएपनि त्यस्तो हुने सम्भावना देखिदैन् । नयाँ नेतृत्व चयनका लागि अन्तत निर्वाचन हुने सम्भावना रहेको एक प्रतिनिधिले बताए । नेतृत्व चयन सहमतिका आधारमा गर्ने भएपनि त्यो सम्भावना भने देखिदैन् उनले भने,“प्रतिनिधि चयनदेखि नै गुट देखिएको छ । त्यसैले सर्वसम्मत नेतृत्व चयन हुने अवस्था छैन ।”

 

गण्डकीमा देखिएको दुई नेताको धु्रविकरणले नेतृत्व चयनमा सकस देखिएको हो । प्रतिनिधि चयनबाट दुइ गुटमा विभाजित एमाले गण्डकीमा सर्वसम्मत नेतृत्व चयनको सम्भवना देखिदैन् । गण्डकीमा देखिएका दुई गुट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य खगराज अधिकारीवीचको लडाईले अन्तत नेतृत्व चयन मतदान मार्फत हुने सम्भवना रहेको छ ।

 

पृथ्वीसुब्बाको टिमबाट हालका अध्यक्ष नवराज शर्मा र खगराज टिमबाट मायानाथ अधिकारी अध्यक्षका उम्मेवादर बन्ने लगभग पक्कापक्की भएको छ । गण्डकीमा नेतृत्वमा आउन गुट परिवर्तन भएका छन् । पृथ्वीसुब्बा गुटका मायानाथ अधिकारी खगराज गुटमा आएका हुन् । त्यस्तै सचिवमा पृथ्वीसुब्बा गुटबाट धनञ्जय अधिकारी र खगराज गुटबाट रश्मी आचार्य उम्मेदवार बन्ने पक्का छ । आचायले सचिव बन्न गुट परिर्वतन गरेका छन् ।गण्डकीका ११ जिल्ला जनवर्गीय संगठनबाट गरि ९ सय ७ जना प्रतिनिधि पोखरा आएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...