रात्रिकालिन व्यवसायमा आबद्ध महिला कर्मचारीहरूलाई प्रशिक्षण

पोखरा, असोज १६गते ।सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजना, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य तथा राइट फर चिल्डेनको सहयोगमा रात्रिकालिन व्यवसायमा आबद्ध महिला कर्मचारीहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बैदाम स्थित रात्रिकालिन रूपमा सञ्चालित व्यवसायहरूसँग (डान्स बार, क्लव, दोहोरी तथा होटल) आबद्ध महिला कर्मचारीहरूका साथै सञ्चालकहरूलाई कार्यस्थलमा हुन सक्ने महिला ‍हिंसा, यौन र्दुब्यवहार तथा अन्य महिला माथी हुन सक्ने घटनाहरूको विषयमा सुरक्षात्मक एवं कानुनी सचेतनामूलक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाको प्रमुख आतिथ्यता तथा पोखरा महानगरपालिका वडा नं.६ का वडा अध्यक्ष विष्णु भट्टराई, पोखरा स्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि, होटल व्यवसायी तथा सञ्चालकहरू लगायत २१० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको प्रहरीले जनाएको छ । कार्यक्रममा प्रहरी नयाब उपरिक्षक श्रवण कुमार वि.कले सुरक्षात्मक एवं कानुनी सचेतना मूलक प्रशिक्षण प्रदान दिएका थिए भने प्रहरी निरिक्षक समिक्षा घिमिरे र अभिवक्ता कुन्जनी परियारले अन्तरक्रिया गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...