पोखरा । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनका लागि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुुख्यमन्त्री खगराज अधिकारीको पक्षको ‘प्यानल’ बनाएर चुनावी मैदानमा उत्रेका छन् ।
सहमतीमा नेतृत्व चयनको रटान लगाएका नेताहरु अन्तत प्यानलनै बनाएर चुनावी दौडमा निस्केपछि उमाले गण्डकी प्रदेशको अधिवेशनमा मतदान हुने पक्कापक्की भएको छ । दुवै तर्फबाट प्यानल सहित उम्मेदवारी दर्ता गरेर मतदाता रिझाउन ब्यस्त छन् ।
सामाजिक सञ्जालमा दुवै तर्फका उम्मेदवारको प्रचार प्रसार गरेर मत मागेका छन् । हालका अध्यक्ष नवराज शर्माको नेतृत्वमा स्याङ्जाका मिनप्रसाद गुरुङ उपाध्यक्ष, लमजुङका धनञ्जय दवाडी सचिवको उम्मेदवार बनेका छन् ।
त्यस्तै सो टिममा पर्वतकी मन्जु अधिकारी र कास्कीका दाम बहादुर बिक उपसचिवको उम्मेदवार बनेका छन् । यता खगराज टिमबाट एमाले केन्द्रीय सदस्य मायनाथ अधिकारी अध्यक्षको उम्मेदवार बनेका छन् भने उपाध्यक्ष पदमा नवलपुरका बाबुराम विश्वकर्मा, सचिवमा कास्कीका रश्मी आचार्य, उपसचिवमा कास्कीकै मिना गुुरुंग र म्याग्दीका सन्तोष रावलले उपसचिवमा उम्मेदवारी दर्ता गरेका छन् ।
प्रदेश निर्वाचनमा एमाले सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङले खगराज अधिकारीलाई साथ दिएको दावी गरेका छन् । अधिवेशमा नेतृत्व चयनका लागि आज मतदान हुने छ ।