पोखरा, असाेज १८ गते । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा आज चाैथाे दिन जारी छ ।अधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने छ ।सहमति सम्भव नभएपछि मतदान मार्फत गण्डकीकाे नेतृत्व चयन मतदान बाट हुन लागेकाे हाे ।
अहिले विहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिले जनाएकाे छ ।आज विहान ८ बजेबाट मतदान हुन्छ एमाले केन्द्रीय सचिव एंव गण्डकी प्रदेश इन्चार्ज गाेकर्ण बिष्टले भने, प्रतिनिधिलाई मतदानका लागि विहान ८ बजे आउन भनेका छाै र अधिवेशन स्थलमा खाजा खानाकाे व्यवस्था नभएकाे जानकारी गराइदिन अनुराेध गर्दछौं ।
गण्डकी प्रदेशकाे वर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा हाेमिएका छन ।
गण्डकीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी वीचकाे टकरावले दुबै पक्षले प्यानल बनाएर चुनावी मैदानमा उत्रेपछि मतदातापनि विभाजित भएका छन ।
शर्माकाे प्यानलबाट उपाध्यक्षमा मीन प्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, उपसचिवमा दानबहादुर बिश्वकर्मा, उम्मेदवार छन ।
यता अधिकारी प्यानलबाट उपाध्यक्षमा, सचिवमा रश्मि आचार्य र उपसचिवामा मिना गुरुङ उम्मेदवार छन ।
यता प्रदेश कमिटीमा २७ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
कमिटीको १६२ पदमध्ये २७ पदमा निर्विरोध भएका हुन् । निर्वाचन मण्डलले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार सूचीअनुसार २७ जना निर्विरोध भएका हुन् ।
यी हुन् निर्विरोध निर्वाचित हुने २७ सदस्यहरु:
आदिवासी जनजाति महिला
– जोगमाया महतो
– निर्मला थापा
– लालसुब्बा गुरुङ
अल्पसंख्यक महिला
– सुनकुमारी भुजेल घर्ती
गोरखा १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– टिकानारायण श्रेष्ठ
गोरखा २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– हरिप्रसाद काफ्ले
बाग्लुङ १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– लिला राणा
बागलुङ २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– टंकप्रसाद शर्मा पौडेल
मनाङ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– चिन घले
प्रदेश मजदुर (महिला)
– संगिता पाण्डे
जिल्ला भूगोल दलित (नवलपुर)
– कृष्णबहादुर विके
जिल्ला भूगोल खुल्ला (मनाङ)
– बाबुराम नेपाली
– पेम्बा घले
जिल्ला भूगोल खुल्ला (मुस्ताङ)
– हेमेन्द्र शेरचन
जिल्ला भूगोल महिला (मुस्ताङ)
– शर्मिला गुरुङ
लमजुङ जिल्ला भूगोल खुल्ला
– प्रेमबहादुर घले
– फूलबहादुर थापा
लमजुङ जिल्ला भूगोल महिला
– लक्ष्मी अधिकारी
– विष्णुमाया राना
जिल्ला लमजुङ दलित
– नन्दराम विश्वकर्मा
संघीय निर्वाचन क्षेत्र भूगोल मुस्ताङ
– इन्द्रधारा विष्ट
संघीय निर्वाचन क्षेत्र भूगोल म्याग्दी
– हरिकृष्ण श्रेष्ठ
जिल्ला भूगोल म्याग्दी
– किरण सापकोटा
जिल्ला भूगोल दलित म्याग्दी
– पुष्कर विक
जिल्ला भूगोल दलित मुस्ताङ
– तिलक विक
लेखा समिति
महिला सदस्य
मन्जु केसी
रेखा पौडेल