पाेखरा ४ मा बजार अनुगमन, ६० प्रतिशत पसल बिना दर्ता सञ्चालन

 

 

 

“दर्ता नभएका, नविकरण नभएका व्यवसायको अनुगमन गरिएको हो । अनुगमन गर्ने क्रममा ६० प्रतिशत व्यवसाय वडामा दर्ता नभएको पाइयो । उनीहरुलाई हामीले समय दिइएका छौं । दिइएको समय भित्र वडामा दर्नता नभए कारबाही गर्छाै ।”, उनले भने ।वडामा दर्ता नगरी व्यवसाय संचालन गर्न नदिइने वडाध्यक्ष पराजुलीले बताए । घरेलुमा मात्रै व्यवसाय दर्ता गरेर नहुने वडामा समेत दर्ता गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयाे । “घरेलुमा दर्ता गरिसकेपछि भयो भन्ने व्यवसायीको बुझाई हुँदा वडामा दर्ता गरिएको पाइएन । त्यसैले पनि अनुगमन गर्नुपरेको हो ।”, उहाँले  बताउनुभयाे ।

 

चाडपर्वकाे बेला बढि भिडभाड हुने उपभोक्ता मारमा पर्ने भएकाले अनुगमन गरिएकाे र यसलाई निरन्तरता दिने बताउनुभयाे ।अध्यक्ष पराजुलीले व्यवसाय सञ्चालन गर्दा महानगर वा वडामा दर्ता गरेर सञ्चालन गर्न अनुराेध गर्नुभएकाे छ ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...