स्थानीय तहका कर्मचारीहरूको माग अविलम्ब पूरा गर

काठमाडौं, असोज २५ गते । नेकपा (एमाले) का सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरूको माग अविलम्ब पूरा गर्न सरकारसँग माग गर्नुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसद थापाले स्थानीय तहका कर्मचारीहरूको आन्दोलनका कारण स्थानीय तह ठप्प भएको बताउनुभएको हो । उहाँले कर्मचारीहरूको जायज मागहरूलाई सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो ।

 

सांसद थापाले इजरायलमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि सरकार समयमै गम्भीर हुन नसकेको बताउनुभयो । उहाँले इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडि बढ्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

 

‘‘इजरायलमा अलपत्र परेका नेपालीहरूको उद्धारमा सरकार समयमै गम्भीर हुन नसक्दा र नागरिकहरूको चित्कार र रोदनको सुनुवाइ हुन सकेन । सरकार पहलकदमी विहीन र प्रचारमुखि कार्यमा सीमित रह्यो । अहिले केही पहलकदमी लिएको छ ।

 

हमास र लडाकुहरूबिच युद्ध लम्बिने सम्भावना रहेको हुँदा मध्यपूर्वको शान्ति स्थापनाको कार्यमा संयुक्त राष्ट्रसङ्घको दुई राष्ट्र स्थापनाको प्रस्ताव अनुरूप समाधान खोज्न तथा इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडी बढ्न म नेपाल सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गर्न चाहन्छु ।,’’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...