युवा विदेश पलायन युवा आन्दोलनकाे चुनाैती :युवा संघ अध्यक्ष जि.सी

पाेखरा,कार्तिक २ गते ।मर्दी एफसिद्वारा आयोजित माछापुच्छ्रे गाउपालिका क्लब स्तरीय दशै कप 7 ए साइड फुटबल प्रतियोगिता बिहिवार सम्पन्न  भएको छ ।

खेलकाे समापन कार्यक्रममा बाेल्दै  प्रमुख अतिथी राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष कुसल ब्यवासायी पान बहादुर जि.सीलेले  म्याच रेफ्रीलाइ बल हस्तान्तरण गरि उद्दघाटन गरे ।उनले  देशबाट युवा जनशक्ति विदेश पलायन भै रहेको मात्रै नभई देशकाे नाम विश्वमा चिनाउने खेलाडी समेत पलायन हुनुपर्ने अवस्था सृजना भएकाे बताए ।

उनले  खेलाडीलाई स्वदेशमा खेलेर बाच्ने वातावरण सृजना गर्न  नसक्नु दुखद भएकाे बताए । उनले युवा शक्ति विदेश पलाएन हुदा युवा  आन्दोलन चुनौती पूर्ण बनेकाे बताउदै  देशमा  रोजगार सृजना र व्यवसायीक वातावरण बनाउन सरकारसँग माग गरे ।

उनले  युवा ब्यबसायीलयोलाई अहिलकाे आर्थिक अबस्थामा राहतको प्याकेज ल्याउन सरकारसँग माग गर्दै आम जानतालाई दुखमा साथ दिन सुझाव दिए ।

 

माछापुच्छ्रे गाउँपालिका २३ टिम सहभागी रहेको खेलमा मर्दी एफ सि ले ह्याप्पी ब्रदर्स लाई सडेन डेथमा पराजित गर्दै नगद  बीस हजार सहित टर्फी मेडल प्रमाणपत्र हात पारेको छ भने उपबिजेता ह्याप्पी ब्रदर्सले दश हजार सहित टर्फी मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयाे ।

 

खेलमा अनुशासित टिम सितल देउराली युवा क्लब भेडावारी घोषित भयाे भने  बेष्ट प्लिएर मर्दी एफ सिका उदयमान खेलाडी सफल ढकाल भए। यस्तै  सर्वाधिक गोलकर्ता मर्दि एफ सिका मनिष थापा घाेषित भए ।उनले प्रतियाेगितामा  अबधिमा सात गोल गरेका थिए ।

 

 

उत्कृष्ट  मिडफिल्डर हेप्पी ब्रदर्सका मनोज नेपाली घोषित हुदा उत्कृष्ट डिफेन्दर मर्दी एफ सिका सुजन घर्तिमगर र  गोलरक्षक मर्दी एफसिका सुजन नेपाली (एडिक)ले जित्न सफल भए ।

 

असोज ३० गते शुरु भएको खेल क्लबका अध्यक्ष रमेश परियारको अध्यक्षतामा भएको थियो भने स्वागत बिरेन्द्र क्षेत्रीले गरेका थिए र सञ्चालन  युवराज जिसिले गरेको क्लबका सचीव मनिष थापाले जानकारी गराए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...