लमजुङका कृष्ण गुरुङलाई उपचारका लागि तमु धिं नेपालको १ लाख सहयोग

पोखरा, कार्तिक ४ गते ।तमु धिं नेपालले स्वाथ्योपचारका लागि लमजुङ जिल्ला, क्होला सोंथर गाँउपालिका वडा नं.९ टक्सारका ४० वर्षिय कृष्ण गुरुङलाई १ लाख रुपैया सहयोग गरेको छ।

आर्थिक अभावले विरामीहरुले उपचारको लागि समस्यामा रही सहयोगको धेरै अनुरोधहरु आउने क्रममा तमु धिं नेपालका परमआदरणीय, वरिष्ठ समाजसेवी रुपकुमारी गुरुङको परिवारले तमु धिं नेपालमा १ करोड १५१ रुपैयाको मे.जयबहादुर–रुपकुमारी–उदयचन्द्र गुरुङ स्वास्थोपचार अक्षयकोष स्थापना गर्नुभएको छ।  

 


आर्थिक अभावमा मुटु रोगको उपचार गर्न समस्यामा परेका गुरुङलाई पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा  मे.जयबहादुर–रुपकुमारी–उदयचन्द्र गुरुङ स्वास्थोपचार अक्षयकोषको व्याजबाट कोषका संरक्षक वरिष्ठ समाजसेवी रुपकुमारी गुरुङले उपचारका लागि सहयोग रकम हस्तान्तरण गर्नुभएको हो।

 


उपचारका लागि आर्थिक अभावका कारण स्वास्थ्योपचारमा समस्यामा रहनुभएका कृष्ण गुरुङ, श्री पाँचगाँउ टक्सार गाँउ सुधार समिति टक्सारका अध्यक्ष ओमप्रसाद गुरुङको आर्थिक सहयोग अनुरोध र क्होला सोंथर गाँउपालिका ९ नं. वडाका अध्यक्ष हुमराज गुरुङको सिफारिस एवम सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र अस्पतालको रिपोर्ट अनुसार बिरामी गुरुङलाई सहयोग गरिएको हो।  

 


तमु धिं नेपालको परमआदरणीय स्वर्गीय मेजर जयबहादुर गुरुङ, रुपकुमारी गुरुङले २०५७ सालमा १७ लाख ५ हजार रुपैयाको लागतमा तमु धिं नेपालमा मौलिक साँस्कृतिक भवन निर्माण गरिदिनुभएको थियो। उक्त तमुहरुको मौलिक घरमा गुरुङ संग्रहालय निर्माण गरिएको छ।  

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...