दशैंमा सुनसान सहर,गाउँमा चहलपहल

पाेखरा, कार्तिक ५ गते  । राेजगारी  र पढाइको सिलसिलामा सहर पसेकाहरु दशैं मनाउन गाउँ हिडेपछि सहर विस्तारै रित्तिदै छन ।

कर्मथलाे छाडेर जन्मथलाे   फर्किएसँगै गाउँघरमा चहलपहल र सहर सुनसान बनेका छन । गएको २८ गते अग्रिम टिकट बुकिङ शुरु भएदेखि नै सहर बजारमा रहेकाहरु घर फर्किन थालेका हुन् । विद्यार्थी, कर्मचारी, व्यापार व्यवसाय गरी बस्ने  तथा सरकारी कर्मचारीहरु कर्मथलो छाडेर गाउँघर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको हो ।

 

फूलपातीदेखि टीकाको दिनसम्मलाई दशैँको महत्त्वपूर्ण दिनका रुपमा मनाउने गरिन्छ ।  फूलपातीको दिनबाट सरकारी कार्यालय छुट्टि भएसंगै सहर छाडनेकाे संख्या बढेकाे छ । पछिल्लो २४ घण्टामा  धेरै यात्रु मुख्य सहर छाडेर गाउँ फर्किएकाे तथ्यांक  छ  ।

 

घटस्थापनादेखि अहिलेसम्म भन्दा धेरै यात्रु बाहिरिएका अनुमान गरिएको छ । गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै सहर, बजारमा चाप घट्न थालेको छ । मानिस र गाडीको सङ्ख्या घटेको छ ।

 

धेरैजसो पसल तथा सटरहरु बन्द छन् ।  पर्यटकीय सहर पाेखराका मुख्य चाेकका पसल बाहेक पसल बन्द छन भने सकडमा सवारीकाे संख्या न्यून छ । सधै ब्यस्त हुने सडकमा सवारीकाे संख्या पातलाे छ ।सहर सुनसान बन्दा गाउँघरमा भने चहलपहल बढेकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...