पाेखरा, कार्तिक ५ गते । पाेखरा महानगरपालिका वडा नम्बर ४ ले उज्यालो वडा अभियानअन्तर्गत सकडमा बत्ती जडान गरेकाे छ ।
वडाभित्रका सडक किनारमा रहेका बिजुली पाेलमा सेन्सर लाइट जडान गरेकाे हाे ।सडक उज्यालो नहुदा साँझपख वडावासीलाई आवतजावतमा समस्या हुने भएकाले वडा कार्यालयले बत्ती जडान गरेकाे वडा अध्यक्ष देवकृष्ण पराजुलीले बताए ।
सडकमा बत्ती नहुदाँ चाडपर्वका बेला अपराधीक गतिविधि र चाेरी समेत बढन सक्ने भएकाले नेपालीहरुका चाडपर्वसंगै उज्यालो वडा अन्तर्गत बत्ती जडान गरिएकाे अध्यक्ष पराजुलीले बताए ।
पाेखराकाे मुख्य बजार क्षेत्रमा पर्ने वडा भएकाले २४ सै घण्टा उज्यालो बनाएर सुरक्षित बनाउन आवश्यक रहेकाे अध्यक्ष पराजुलीले बताए ।
यता वडाले मुख्य सडकमा सर्वसाधारणलाई सडक वारपार गर्न सहज बनाउने उदेश्यले जेब्रा क्रसिङ्ग रङ्ग र टााफिक संकेत बनाएकाे छ ।सडकमा धेरै सवारी चाप हुने र सवारी तिव्र गतिमा आउने हुदा त्यसले दुर्घटना भई मानवीय तथा भाैतिक क्षति हुन सक्ने भएकाले सुरक्षाका लागि जेब्रा क्रसिङ्ग बनाइएको हाे । वडाले सडक छेउका सडकमा रंगरोगन समेत गरेकाे ।
वडा अध्यक्ष देवकृष्ण पराजुलीकाे पहलमा वडाले सकरात्क काम अगाडि बढाएकाे हाे । महेन्द्रपुल ,चिप्लेढुङ्गा लगायतका क्षेत्रमा ट्राफिक समस्या रहेकाे छ ।
ट्राफिक समस्या समाधान गर्ने उदेश्यले वडाले मुख्य सडक ,चोकहरु ,महेन्द्रपुल ,चिप्लेढुङ्गा ,सिदार्थ चोक पालिखेचोक ,गैह्रपाटन लगायत बजार क्षेत्र र सडकहरुमा ट्राफिक चिन्ह र जेब्रा क्रसिङ्ग रङ्ग रोगन गरेकाे अध्यक्ष पराजुलीले बताए ।