राजावादीहरु कम्वोडियाको टेलिकममा एमाले अध्यक्ष केपी ओलीको लगानी भनेर भ्रम छरे :पाेखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरु कम्वोडियाको टेलिकममा एमाले अध्यक्ष केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।


वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु भएको बताए । उनले यस्ता भ्रममा नपर्न समेत आग्रह गरे ।

 

उनले फेसबुकमा लेखेका छन्,‘पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे । अहिले राजावादीहरु कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ ।

 

वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो । नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौं।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...