नेपालीमा घुुम्ने संस्कृति बढदो

पोखरा, कात्तिक ११ गते । नेपालका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको संख्या बढेको छ । नेपालीहरुको ठूलो पर्व दशैँसंगै आन्तरिक पर्यटकको संख्या बढेको हो । दशैँसंगै विद्यालय र कलेजहरु एक महिना लामो विदा भएका कारण भ्रमणमा निस्कनेहरुको सख्या बढेको छ ।

दशैेँको एक साता लामो विदाका कारण देशभित्र घुम्नेहरुको संख्या बढेको हो । नेपालका पर्यटकीय स्थलहरुमा पर्यटकको घुुइचो देख्न सकिन्छ । यसैवीच गण्डकी प्रदेशभित्र रहेका पर्यटकीय केन्द्रहरुमा पनि चलपहल देखिएको छ ।

तनहुँको व्यास नगरपालिका–५ स्थित मानुुङकोट, ढोरबाराही मन्दिर, बाग्लुङको बाग्लुुङकालिका, पञ्चकोेट, कुुश्माको लामो र अग्लो पुल, मुुस्ताङ तथा पोखराका फेवाताल, पुम्दिकोटमा रहेको शिव मुुर्ति, विश्वशान्ति स्तुपा, पातले छाँगो, गुप्तेश्वर गुफा, महेन्द्र गुुफा, काँहुुडाँडा लगायतका पर्यटकीय क्षेत्रमा अन्तरिक तथा बाह्य पर्यटकको भिड बढेको छ ।

 

दशैँ लगत्तै पोखरा घुुम्न आउने पर्यटकको संख्या आइतबारसम्म जारी रहने छ । नेपालीहरुमा घुम्ने संस्कारको विकास भएसंगै नेपालभरकै पर्यटकीय गन्तब्यहरुमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...