एकराज गिरी /पाेखरा, कार्तिक ११ गते ।फेवातालकाे बीच भागमा अवस्थित तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमा मेला लागेको छ । हातमा पूजाका सामग्री, निधारमा टीका र टाउँकामा जमरा लगाएका भक्तजनाे आज बिहानैदेखि तालबाराही मन्दिरमा दर्शन गर्ने भीड लागेको थियो ।
तालबाराही मन्दिरको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ कास्की लगायत छिमेकी जिल्लाबाट दर्शनार्थी पोखरा आउने गरेका छन् ।
दशैँको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशैंघर र कोतमा राखिएका जमरा फेवाताल किनारमा विसर्जन गर्ने प्रचलन छ ।
परापूर्वकालदेखि नै यहाँ कोजाग्रत पूर्णिमामा मेला लाग्ने गरेको छ । कोजाग्रत पूर्णिमाका अवसरमा तालबाराही मन्दिरमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने चलनसमेत रहँदै आएको छ ।
दर्शनका लागि फेवातालमा डुङ्गा चढेर मन्दिर जानेको दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गरिीले बताए ।
फेवातालमा आज बर्षभरिकाे सबैभन्दा भिड हुने दिन हाे भने डुंगा व्यबसायीलाई तालबाराही मन्दिर लैजाने र ल्याउन भ्याईनभ्याई छ ।
ि