पोखरा, कात्तिक १४ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले अन्नपूर्ण आधार शिविरकाे भ्रमण गरेर फर्किएका छन । उनकाे त्यहाँ स्वागत गरिएको थियाे ।
अन्नपूर्णकाे भ्रमणपछि पाेखरा बिमानस्थलमा पत्रकारलाई सम्वाेधन गर्दै नेपाल जस्ता देशहरूले औद्योगिक र धनी राष्ट्रहरूको क्रियाकलापको असर भोग्नुपरेको औँल्याए ।छ । उनले जलवायु परिवर्तनमा कुनै भूमिका नहुने देशका बासिन्दा भोग्नुपरेका सङ्कट समाधान गर्न अन्तर्राष्ट्रिय साथ र सहयोग जरुरी हुने बताए ।
आफ्नो नेपाल भ्रमणले विश्व समुदायलाई नै जलवायु परिवर्तनका असर कम गर्न अत्यावश्यक भएको सन्देश दिएको सुनाए । उनले भने , “मेरो भ्रमणको विश्वलाई स्पष्ट सन्देश हो कि प्रकृति विरुद्धका क्रियाकलाप रोक्न जरुरी छ । नेपाल र अरू देशलाई सहयोग गर्नै पर्छ, जसका कारण जलवायु परिवर्तन भएको छैन तर उनीहरू त्यसको पीडा भोग्न बाध्य छन् ।”
जलवायु परिवर्तनबाट धेरै समुदाय नराम्ररी प्रभावित भएको उल्लेख गर्दै उहाँले ती समुदायलाई अन्तर्राष्ट्रिय समुदायले साथ दिनुपर्नेमा उनको जोड छ ।
पत्रकार सम्मेलनपछि पौने १० बजे नेपाली सेनाको विशेष विमानमार्फत लुम्बिनी प्रस्थान गरेका छन । महासचिव गुटेरेस सोमबार दिउँसो पोखरा आएका हुन । उनले सोमबारे पुम्दीकोट भ्रमण र फेवातालमा बोटिङ गरेका थए ।