पोखरा महानगरपालिका वडा नम्वर २९ ले तिहार, नेपाल संम्वत, छठ लगायतका चाडपर्वहरुको उपलक्ष्यमा शुुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
लेखनाथको भण्डारढिकमा रहेको नजप्रकाश माविको प्रांगढमा आयोजना गरिएको कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले नेपालीहरुका चाडपर्वहरुले एकता र सद्भाव कायम गर्ने बताए । उनले नेपालीहरुका मौलिक चाडपर्वहरुको संरक्षणका लागि महानगरले भुमिका खेल्ने बताउदै चापर्वहरुले राष्ट्रिय एकता कार्यम गर्ने बताए ।
पोखरा महानगपालिका उपप्रमुुख मञ्जुुदेवी गुुरुङले मौलिक चाडपर्वहरुले राष्ट्रिय एकता र सद्भाव कायम गर्ने बताइन् । उनले नेपाल भौगोलिक रुपमा सानो भएपनि सांस्कृतिक र प्राकृतिक रुपमा सम्पन्न रहेको बताउदै नेपालको राष्ट्रिय अखण्डता, स्वतन्त्रता र स्वाधिनता अक्षुण रहेको बताइन् ।
उनले चाडपर्वहरुले पोखराबासी नागरिकको जीवनमा सुख शान्ति र समृद्धि सहित सकरात्मक सोचको विकास गर्न सकोस भन्ने कामना गरिन् । उनले शुुभकामना आदानप्रदान कार्यक्रमहरुले आत्मियता र हार्दिकता बढाउने बताइन् ।
नेकपा एमाले गण्डकी प्रदेश सदस्य विष्णु पुनले नेपालीहरु वीचमा रहेको सांस्कृतिक एकता र सद्भावलाई खलबल्याउने षडयन्त्र भैरहेको बताए । उनले चाडपर्व विना एकता र सद्भावको परिकल्पना गर्न सकिदैन उनले भने,“नेपालीहरुवीच एकता र सद्भावको रुपमा चाडपर्वहरु रहेका छन् ।सबै धर्म र चाडपर्वहरुलाई सम्मान गर्नुुपर्छ ।”
पोखरा महानगरपालिका वडा नम्बर २९ का अध्यक्ष श्रीप्रसाद गुुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ३१ का वडा अध्यक्ष ढकनाथ कँडेल, पोखरा २९ का निर्वतमान वडा अध्यक्ष चेतबहादुर गुुरुङ, नेकपा एमाले वडा कमिटि अध्यक्ष प्रमोद भण्डारी, नेपाली काँग्रेस वडासभापति दिपकमणी भण्डारी, माओबादी केन्द्रका अध्यक्ष लालबहादुर सुनार, रास्वपा वडा उपाध्यक्ष दुुर्गा राना, लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव जानुका अधिकारी, कार्यपालिका सदस्य निर्मला पौडेल लगायतले भनाई राख्खेका थिए ।कार्यक्रमको संञ्चालन वडासचिव आविष्कार पौडेलले गरेका थिए । कार्यक्रममा नृत्य समेत प्रस्तुत गरिएको थियो ।