पाेखरामा सयपत्री फुल महाेत्सव सुरु

पाेखरा, कार्तिक २५ गते ।पाेखरामा  रैथाने हाटबजार सञ्चालन सञ्चालनमा आएकाे छ । फुल र बत्तीको पर्व तिहारकाे अवसर पारेर बजार सञ्चालनमा ल्याइएको हाे ।

पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रा.ली.को साझेदारीमा हाटबजार सञ्चालन गरिएको छ । हाटबजारकाे आज शनिबार शुभारम्भ  पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले  जानकारी दिए ।बजारकाे पाेखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरे ।

हाटबजारमा स्थानीय उत्पादनका १० बढी स्टलहरू रहेका छन ।। मन खुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय उत्पादनका कृषि उपजहरू, सगुन हस्तकलाले तयार गरेको धागोका सामानहरू हाटबजारमा बिक्रीका लागि राखिएका छन ।

यस्तै पुष्पान्जलीद्धारा तयार गरिएको विवाहका लागि चाहिने सामान (सई पाटा), विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामाग्रीहरू, कृषि सञ्जाल वडा नं.६ ले उत्पादन गरेका कृषि उपजहरू र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामाग्रीहरू हाटबजारमा बिक्रीका लागि राखिएका छन्  ।

रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकारहरू (सेल रोटी, झिलिङ्गा, चिनिरोटी), स्थानीय स्तरमा उत्पादित खाद्य वस्तुहरू कोदो, मकै, गहुँ, फापर लगायत तरकारी जन्य वस्तुहरू पनि बिक्रीका लागि राखिएको  कडरियाले बताए ।

उनका अनुसार सो अवसरमा सयपत्री फुल मेला–२०८० समेत आयोजना गरिएकाे छ । स्थानीय किसानले उत्पादन गरेका फुलहरु एकै ठाउँबाट बिक्री गर्ने लक्ष्यका साथ सयपत्री फुल महाेत्सव राखिएको हाे । पाेखरा महानगरले तिहारका लागि आवश्यक फुल स्थानीय उत्पादनले धान्ने दावी गरेकाे छ ।फुलमा हामी आत्मनिर्भर भएका छाै आर्थिक विकास महाशाखा प्रमुख कडरियाले भने ।

पहिलो दिन कार्तिक २५ गते उद्घाटन सहित स्थानीय उत्पादन प्रवर्द्धन सम्बन्धी देउसी भैलो गीत प्रतिस्पर्धा, फुल माला प्रदर्शनी तथा बिक्री वितरण, दोस्रो दिन २६ गते स्थानीय उत्पादन केन्द्रित सवाल तथा छलफल कार्यक्रम, २७ गते माला तयारी प्रतिस्पर्धा र कार्तिक २८ गते निरन्तर प्रदर्शन तथा बिक्री वितरण लगायतका कार्यक्रमहरू हुनेछन् ।

मेलामा स्थानीय कृषकहरूसँगको साझेदारीमा उत्पादित सत्रपत्री फुलहरू बिक्रीमा राखिने कडरियाले बताए । सयपत्री फुलमा पोखरा महानगरपालिका आत्मनिर्भर भएको उनले बताए। पोखरा महानगरपालिकाले स्थानीय कृषकहरूसँग साझेदारी गरेर १६५ रोपनी भन्दा बढी क्षेत्रफलमा सयपत्री फुल लगाइएको छ, कडरियाले भने, यसपालिको तिहारमा सयपत्री फुल पोखरामा बाहिरबाट ल्याउनु पर्ने अवस्था छैन, हामी यसमा आत्मनिर्भर भएका छौँ ।” महानगरपालिकाले सयपत्री फुलको दररेट समेत तोकेको छ ।

 

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय कृषकहरूको समन्वयमा फुलको रेट तोकिएको हो । दररेट अनुसार सयपत्री फुलको १५ देखी २० ग्रामको एक थुङ्गालाई रु.५, १० देखी १५ ग्राम तौल भएको एक थुङ्गाको मूल्य रु.४ र ५ देखी १० ग्रामको रु.२ तोकिएको छ । यस्तै मालाको क्रमशः रु.२००, १८० र १५० तोकिएको छ भने, प्रतिकेजी रु.४०० रुपैयाँ सयपत्री फुलको मूल्य तोकिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...