पाेखरा, कार्तिक ।पाेखरामा रैथाने हाटबजार तथा सयपत्री फुल मेला जारी छ ।पाेखराकाे चिल्ढुंगामा रहेकाे श्री कम्प्लेक्समा तिहारकाे अवसरमा सञ्चालित मेला २८ गतेसम्म चल्ने छ । मेलामा स्थानीय फुल एकै ठाउँबाट बिक्री गर्ने र फुत खेती गर्ने स्थानीय किसानलाई प्राेेत्साहन गर्न मेला आयाेजना गरेकाे हाे ।
रैथाने हाटबजार समेत संञ्चालन गरिएको छ ।हाटबजारमा उत्कृष्ट स्टल तर्फ आमा एग्राे प्रथम भएकाे छ ।त्यस्तै अन्नपात दाेश्राे र पुष्पाञ्जली तेश्राे र वडा नम्बर ६ कृषि सञ्जाल सान्त्वना भएकाे छ ।
यता सयपत्री फुलहरुकाे स्टल तर्फ पाेखरा-१४ का दिपा मगर प्रथम, पाेखरा-१३ का बुद्व गुरुङ द्वितीय, पाेखरा-२१ का टंकबहादुर अधिकारी तृतीय र वडा स्तरीय कृषि सञ्जाल पाेखरा १५ ले सान्त्वना स्थान प्राप्त गरे ।
सयपत्री फुलकाे माला बुन्ने प्रतियाेगितामा ओमकुमारी पुन प्रथम, देवीका श्रेष्ठ द्वितीय, लक्ष्मी खगी अर्याल तृतीय र पुष्पा मगरले सान्त्वना स्थान प्रााप्त गरे ।
विजेता सबैलाई पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, पाेखरा ८ का अध्यक्ष रुद्रनाथ बराल, महानगर आर्थिक विकास प्रमुख मनहर कडरिया लगायतले पुरस्कार वितरण गरेका थिए ।
हाटबजारमा स्थानीय उत्पादनका १० बढी स्टलहरू रहनेका छन । मन खुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय उत्पादनका कृषि उपजहरू, सगुन हस्तकलाले तयार गरेको धागोका सामानहरू हाटबजारमा राखिएका छन ।
यस्तै पुष्पान्जलीद्धारा तयार गरिएको विवाहका लागि चाहिने सामान (सई पाटा), विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामाग्रीहरू, कृषि सञ्जाल वडा नं.६ ले उत्पादन गरेका कृषि उपजहरू र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामाग्रीहरू हाटबजारमा बिक्रीका लागि राखिएका छन ।
रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकारहरू (सेल रोटी, झिलिङ्गा, चिनिरोटी), स्थानीय स्तरमा उत्पादित खाद्य वस्तुहरू कोदो, मकै, गहुँ, फापर लगायत तरकारी जन्य वस्तुहरू बिक्रीका लागि राखिने कडरियाले बताए । उनका अनुसार सो अवसरमा सयपत्री फुल मेला–२०८० समेत आयोजना गरिएकाे हाे ।
पहिलो दिन कार्तिक २५ गते उद्घाटन सहित स्थानीय उत्पादन प्रवर्द्धन सम्बन्धी देउसी भैलो गीत प्रतिस्पर्धा, फुल माला प्रदर्शनी तथा बिक्री वितरण, दोस्रो दिन २६ गते स्थानीय उत्पादन केन्द्रित सवाल तथा छलफल कार्यक्रम, २७ गते माला तयारी प्रतिस्पर्धा र कार्तिक २८ गते निरन्तर प्रदर्शन तथा बिक्री वितरण लगायतका कार्यक्रमहरू हुनेछन् ।
मेलामा स्थानीय कृषकहरूसँगको साझेदारीमा उत्पादित सत्रपत्री फुलहरू बिक्रीमा राखिएकाे कडरियाले बताए। सयपत्री फुलमा पोखरा महानगरपालिका आत्मनिर्भर भएको उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाले स्थानीय कृषकहरूसँग साझेदारी गरेर १६५ रोपनी भन्दा बढी क्षेत्रफलमा सयपत्री फुल लगाइएको छ, कडरियाले भन्नुभयो, यसपालिको तिहारमा सयपत्री फुल पोखरामा बाहिरबाट ल्याउनु पर्ने अवस्था छैन, हामी यसमा आत्मनिर्भर भएका छौँ ।” महानगरपालिकाले सयपत्री फुलको दररेट समेत तोकेको छ ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय कृषकहरूको समन्वयमा फुलको रेट तोकिएको हो । दररेट अनुसार सयपत्री फुलको १५ देखी २० ग्रामको एक थुङ्गालाई रु.५, १० देखी १५ ग्राम तौल भएको एक थुङ्गाको मूल्य रु.४ र ५ देखी १० ग्रामको रु.२ तोकिएको छ । यस्तै मालाको क्रमशः रु.२००, १८० र १५० तोकिएको छ भने, प्रतिकेजी रु.४०० रुपैयाँ सयपत्री फुलको मूल्य तोकिएको छ ।