पाेखरा, मंसिर ३ गचे । नेपाल खेलकुद महासंघ केन्द्रीय पदाधिकारीकाे छैटौं बैठक संघको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।
बैठकले पार्टीले सञ्चालन गर्न लागेको पुष्पलाल मध्य पहाडी यात्रा मा स्वयंसेवक भूमिका निर्वाह गर्ने ,भूकम्प बाट प्रभावित जिल्ला जाजरकोट,पूर्वी रुकुममा ६० जना पुननिर्माणको स्वयंसेवक परिचालन गर्ने, मंसिर ७ गते हुने युवा विद्यार्थीको विशेष भेलामा बृहत कमिटी परिचालन गर्ने निर्णय गरेकाे छ ।
त्यस्तै दक्षिण एसियाली खेलकुद प्रतियाेगितामा अनियमितता भएकाे भन्दै ध्यानाकर्षण पत्र बुझाउने निर्णय समेत गरेकाे छ ।
राखेपकाे अधिकार दुरुपयोग गरी अनियमितता गरेको र राखेप भित्र भएका गलत क्रियाकलापका विषयमा ध्यानाकर्षपत्र बुझाउने निर्णय गरेकाे महासंघका सचिव विष्णु पुनले जानकारी दिए । सचिव पुनकाे संयाेजकत्वमा कार्यदल समेत बनाउने भएकाे छ ।