पोखरा, मंसिर ६ गते ।गण्डकी प्रदेशबाट जाजरकोट र रुकुम पश्चिममा खटिएको युवा संघको टोलीले भुकम्प प्रभावितका लागि अस्थायी घर टहरा निर्माणसंगै हस्तान्तरण गरेको छ ।भुुकम्प प्रभावित क्षेत्र चौरझारी नगरपालिका वडा नम्वर १० पोखरीका पाँच परिवारका ३२ जना सदस्य बस्न मिल्ने ५ वटा अस्थायी बासस्थान निर्माण गरिएको राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष पानबहादुर जिसीले जानकारी दिए ।
युवा संघले निर्माण गरेका अस्थायी बासस्थान प्रभावितहरुलाई हस्तान्तरण गरिएको अध्यक्ष जिसीले सफल न्यूजलाई जानकारी दिए ।रामकुमारी राना, शसिराम राना, खिमा राना, आइते बहादुर राना, कर्णबहादुुर राना, हरिबहादुर राना, सिंहबहादुर राना र टेकबहादुर रानाको परिवारलाई युवा संघले टहरा निर्माण गरी हस्तान्तरण गरेको छ ।
राष्ट्रिय युवा संघले अस्थायी आवास निर्माण गरेपछि चौरझारीका भुुकम्प प्रभावित खुुशी भएका छन् । उनीहरुले देशमा सरकार भएको आभाष नभएपनि एमाले छ भन्ने अनुुभुति गरेको बताएका छन् । एक बृद्धले घर हस्तान्तरणपछि सरकार छैन तर एमाले छ भन्ने पुष्टि भएको बताएका छन् । कास्की जिल्लाबाट आएर घर बनाइदिनुुभयो एक महिलाले भनिन, अव हामी राम्रोसंग सुुत्छौ, घर बनाइदिनु भयो । हामी खुुशी भएका छौ हामीलाई चिन्ता छैन उनले भनिन ।
उनले अस्थायी घर निर्माणसंगै नगद दुुई हजार रुपैयाँ समेत दिएको भन्दै उक्त पैशाले एक कठठा चामल ल्याएको बताइन् । उनले हामीलाई नबिर्सनुुहोला । राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष पानबहादुर जिसीले भुकम्प पीडितका दुुःखमा साथ रहदै अस्थायी घर निर्माण गर्न पाएको र पार्टीको निर्देशनलाई पुरा गरेको बताए ।
हामी नेपालीहरु एक अर्काको दुुखमा साथ सहयोग गर्न तयार छौ र नेपाली जनताको पीडामा एमाले र युवा संघ साथ रहने जिसीले बताए । उनले भुुकम्प पीडितको व्यवस्थापनका लागि सरकारलाई दबाब दिने समेत बताएका छन् ।