एकादशीमा पोखराको रामघाटमा भक्तजनको भिड

पोखरा, मङ्सिर ७ गते । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँएको छ । हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरी मनाइने धार्मिक प्रचलन छ।

तस्विरहरु :सञ्जय शाक्य

हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । एकादशीहरूमा सबैभन्दा ठुलो एकादशी हरिबोधनीलाई मान्ने गरिन्छ ।

हरिशयनीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । असार शुक्ल एकादशीको दिन भगवान् विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ । आज पोखराका रामघाट क्षेत्रमा तोरन टाँगे । त्यस्तै काठमाडौँको पशुपति नाथमा एकादशीको अवसरमा भक्तजनले तोरन टाँगेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...