पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसनको अध्यक्षमा पौडेल

पोखरा, मंसिर १७ गते । पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसनको पन्ध्रौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बासुदेव पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।पोखराको कार्की डाँडामा रहेको पिकनिक स्पोर्टमा आयोजित अधिवेशन बाट नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा वसन्त रेग्मी,उपाध्यक्षमा विष्णुकुमार वास्तोला, महासचिवमा भिम प्रसाद आचार्य,सचिवमा सालिकराम बास्तोला,कोषाध्यक्षमा शिव गिरी,सहकोषाध्यक्षमा किशोर रसाईली चयन भएका छन् ।


एसोसियसनको सदस्यहरुमा तारा बुढाथोकी,गणेश बास्तोला,किरण थापा, सागर नेपाली,धर्म बहादुर बिष्ट,भिम बहादुर श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो ।निर्विरोध निर्वाचित भए पछि बोल्दै अध्यक्ष पौडेलले यो संगठन चलाउन निकै कठीन भएपनि अहिले निर्वाचित टिम मजबुद भएकोले आम ब्यवसायीहरुको समस्याको उचित समाधान गर्दै अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।अधिवेशनको उद्घाटन गर्न ग्रील तथा स्टील ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठ ,दोश्रो उपाध्यक्ष ईश्वर खड्का, उपाध्यक्ष एवम् गण्डकी प्रदेश संयोजक रन बहादुर विश्वकर्मा तथा केन्द्रिय सदस्य खोकाजी श्रेष्ठ कार्यक्रममा पुग्नु भएको थियो ।

 

निवर्तमान अध्यक्ष विश्व प्रसाद कर्माचार्यको शभापतित्वमा भएको अधिवेशन उद्घाटन कार्यक्रम एसोसिएसनका महासचिव भिम प्रसाद आचार्यले सन्चालन गर्नु भएको थियो ।अधिवेशनमा पुर्व अध्यक्ष ऋषि गिरी,सल्लाहकार अम्बर बहादुर गुरुङ,रुद्रलाल श्रेष्ठ,याम प्रसाद पौडेल, दिपेन्द्र राई ,नारायण बास्तोला ,बिभिन्न हार्डवेयरका प्रतिनिधिहरु, समाजसेवी ,एसोसिएसनमा आबद्ध ब्यवसायी तथा ब्यवसायीहरुका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष विश्व प्रसाद कर्माचार्यले आफ्नो कार्यकालमा कार्यसम्पादनमा सहजिकरण गर्न खटिनुहुने सबैलाई आभार ब्यक्त गर्दै नयाँ कार्यसमितिको कार्यकाल सफलताको शुभकामना सहित बधाई दिनु भएको थियो । साथै उहाँले अतिथि तथा सहयोगिहरुलाई मायाको चिनो स्वरुप बिभिन्न लेखकहरुको किताब प्रदान गर्नु भएको थियो ।

 

 

कार्यक्रमको उद्घादन महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले गर्नुभएको थियो । उहाँले राज्य गम्भिर नभएसम्म ग्रील तथा स्टील ब्यवसायीहरुको अवस्था सुधार गर्न कठीन हुने भएकाले महासंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री,सभामुख,उद्योग मन्त्री,उर्जा मन्त्रीलाई भेटी ब्यवसायीहरुको हितमा नीतिगत निर्णय गर्न सरकारलाई दवाब स्वरुप सात बुँदे ज्ञापनपत्र बुझाईएको र त्यसलाई नेपाल सरकारले गंभिरतापुर्वक लिएको बताउनुभयो ।

 

 

महासंघका द्धितिय उपाध्यक्ष ईश्वर खड्काले नयाँ कार्यसमितिले नीति र बिधान भित्र रहि संस्थालाई अझ उचाईमा पुर्याउन सफल बनोस् भन्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।एसोसिएसनका कानुनी सल्लाहकार याम प्रसाद पौडेलको संयोजकत्वमा तिन सदस्यीय समिति गठन भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...