एमालेको समृद्धिका लागि संकल्पयात्रा मंसिर २१ गते कास्की आइपुुग्ने, नयाँपुलमा स्वागतको तयारी

पोखरा,मंसिर १९ गते ।नेकपा एमालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङ सङ्कल्प यात्राको कास्कीमा आउने भएको छ । बैतडीको झुलाघाटबाट सुरु भएको अभियानको आठौ दिन मंसिर २१ गते टोली कास्की आइपुुग्ने भएको हो । नेकपा एमाले कास्कीले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी मंसिर २१ गते अभियानको टोली कास्की आउने र २२ गते यहाँबाट लम्जुुङका लागि विदाई गरिने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुुरुङले जानकारी दिए ।

अभियानको बैतडीको झुुलाघाटबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर आरम्भ गरेका थिए । टोलीलाई मंसिर २१ गते कास्कीको नयाँपुलमा अन्नपूर्ण गाँउपालिकाको नागडाँडा र पोखरा महानगरपालिका वडा नम्वर २५ हेमजामा पनि स्वागतसंगै भेटघाट गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्थानीयसंग भेटघाट र एमाले अध्यक्ष ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको एमाले कास्कीले जनाएको छ । अभियानमा आएको टोलीले पोखरामै बास बस्ने र मंसिर २२ गते यहाँबाट विदा गरिने छ । विहान सात तीस बजे पोखराको जिरो किमीबाट लम्जुुङका लागि प्रस्थान गर्ने र पोखराका अमरसिंहचोक, लेखनाथको तालचोक, पोखराकै तालबेसी, रुपा गाँउपालिकामा स्वागत कार्यक्रम आयोजना गरिने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुुरुङले जानकारी दिए ।

 

 

उनका अनुसार एमाले अध्यक्ष ओलीले लेखनाथको तालचोकमा छोटो सम्वोधन गर्ने कार्यक्रम रहेको छ । टोली रुपा गाँउपालिकाको पिपलेबजारबाट विदाई भएपछि लमजुुङले स्वागत गर्ने छ ।मंसिर २१ गते पर्वतको कुश्मा बजारमा आयोजना हुने जनसभामा कास्की जिल्लाका तर्फबाट ब्यापक सहभागीता गराइने भएको छ । पर्वतको जनसभापछि टोली कास्की प्रवेश गर्ने छ । पदयात्रीलाई कास्कीमा स्वागतका लागि अन्नपूर्णको नयाँपुल र नौडाँडाको कार्यक्रमको संयोजन जिल्ला कमिटिको तर्पmबाट केन्द्रीय कमिटि सदस्य राजीव पहारीले गर्ने छन् । यता हेमजामा मिलनचोकमा हुने कार्यक्रमको संयोजन केन्द्रीय सदस्य कृष्ण थापा, अमरसिंहचोकको स्वागत कार्यक्रमको संयोजन केन्द्रीय सदस्य मिनाकुुमारी गुुरुङ र तालचोकमा हुने स्वागत कार्यक्रमको संयोजनको जिम्मेवारी एमाले केन्द्रीय सदस्य मञ्जुुदेवी गुरुङलाई तोकिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

 

झुलाघाटबाट सुरु भएको सङ्कल्प यात्रा मध्य पहाडी लोक मार्गमा तीन सातासम्म चल्नेछ । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर रहेको छ । पुस २ गते पाँचथरको चिवा झञ्ज्याङमा पुगेर यात्रा समापन हुने छ ।यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ । सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गरिने छ ।यसैबीच प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्व र सान्दर्भिकता दर्साउने गरी कार्यक्रम तय गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...