१७ वर्षका बालकले चाेरे बस,चितवनबाट पक्राउ

पोखरा , २४ मंसिर ।कास्की प्रहरीले बस चोरीको अभियोगमा १७ वर्षका बालकलाई पक्राउ गरेको छ । शुक्रवार राती पोखराबाट चितवन तर्फ लैजादै गरेको ग १ ख ९६३८ नम्बरको बस लैजादै गर्दा चितवनबाट बस सहित १७ वर्षको कोशोर चालकलाई पक्राउ गरेको हो ।

कास्की पोखराको ९ पृथ्वीचोक स्थित पार्किङ गरी राखेको बस चोरी भएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, मातहत प्रहरी कार्यालय तथा अन्य प्रहरी कार्यालय समेतमा जानकारी गराई खोजतलास गर्दा सो बस फेला परेको कास्की प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार तनहुँ म्याग्दे गा.पा. वडा नं.३ एक बालकले चलाउँदै लगिरहेको अवस्थामा जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. ११ आँपटारी स्थितबाट चितवन प्रहरीले चेकजाँच गर्ने क्रममा फेला परेको हो ।

 

उक्त बस सहित निज व्यक्तिलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त बालकको परिचय भने गोप्य राखेको छ ।

 

आज नै २ वटा स्कुटर चोरेको अभियोगमा बाग्लुङका १७ वर्षका एक बालकलाई पक्राउ गरि थप अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...