प्रहरीद्धारा अबैध काठ नियन्त्रण

पोखरा, मंसिर २६ गते ।अबैध रुपमा ल्याइएको काठ कास्की प्रहरीले पत्र्रmाउ गरेको छ ।कास्की प्रहरीले २८० थान चिरुवा काठ जिप र चालकलाई नियन्त्रणमा लिएको हो ।पोखरा महानगरपलिका वडा नं.१९ लामाचौर अकला मन्दिर स्थित सडक खण्डमा सवारी साधन चेकजाँचको क्रममा पुरुन्चौरतर्फबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ५८०९ नम्बरको बोलेरो जिपलाई रोकी चेकजाँच गर्दा उक्त काठ बरामद गरेको हो ।

उक्त जिपमा चिरुवा काठ (फल्याक) २८० थान लोड गरेको पाईएको र सो सम्बन्धमा प्रयोजन खुल्ने कागजातहरु साथमा नभएको पाईएकोले उल्लेखित नम्बरको चिरुवा काठ सहित जिप चालक जिल्ला कास्की माछापुच्छ्रे गाँउपालिका २ भुर्जुङखोला बस्ने वर्ष ३१ को अनिष वि.क.लाई
नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय बगरमा राखिएकोकास्की प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...