
मंगलवार नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (निडा) को आयोजना एवं फोर्ड फाउण्डेशन र एआईपीपीकाे सहयोग रहेकाे यस तालिमकाे उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धितालले अपाङ्गतामा विवेभदरहितकाे नितिलाई अवलम्बन गरि सबैलाई समेट्न आवश्यक रहेकाे बताउनुभयो ।
जनयुद्धको तापमा निर्माण भएको संविधानमा कतिपय ऐनहरू ओझेलमा परेकाे बताउँदै अहिले समयसान्दर्भिक ऐनहरू परिमार्जन भैरहेकाे सभामुख धितालले उल्लेख गर्नुभयाे ।उहाँ भन्नुहुन्छ, `खतरा अहिले संघियता माथि पनि विभिन्न प्रश्न उठ्ने गरेका छन्, विभिन्न ढंग, काेणबाट प्रश्न उठाइरहेका छन्, यसलाई रक्षा कसरी गर्ने भन्ने बारेमा सचेत बन्नुपर्ने हाम्राे भुमिका हाे ।´
सभामुख धितालले भएको संविधान पनि पछाडी फर्काउने हर्कत विभिन्न ठाउँ बाट भईरहेकाे भन्दै यही अधिकारलाई पनि कुण्डित गर्ने खतराबाट समाजलाई बचाउन जरूरी रहेकाे बताउनुभयाे ।आफुले पाएका अधिकारलाई पनि व्यवस्थित गर्नुपर्नेमा सबै सचेत हुन उहाँकाे आग्रह थियाे ।
संविधानसभा सदस्य एवं नेपाल आदिवासी जनजाति अपाङ्ग संघका उपाध्यक्ष इन्द्रमाया गुरूङले अपाङ्गता भएकाहरूमा पनि आदिवासी जनजातिहरूकाे अपनत्व, अर्थपुर्ण सहभागीतामा जाेड दिदै गण्डकी प्रदेश भित्र रहेका अपांगता समुदायको नेतृत्व बिकास जरूरी रहेकाे बताउनुभयो । उहाँले अपाााङ्गताका सवालमा आफ्नाे अधिकार दाबी गर्न सक्षम बनाउनु आजकाे आवश्यकता रहेकाे औंल्याउनुभयाे ।
तालिमा अपाङ्गता भएका व्यक्तिहरुमा अधिकार सम्बन्ध ऐन २०७४ मा संशोधन प्रयाेजनका लागि तयार गरिएकाे ३३ वटा प्रस्ताव माथि ऐनकाे माैजुदा व्यवस्था, संशोधन गर्न प्रस्तावित व्यवस्था र संशोधन गर्नुपर्ने कारणबारे सहजकर्ताले हरिचन्द छन्त्यालले सहजीकरण गर्नुभएको थियाे ।