पाेखरा, पुस ५ गते ।मानवीय सेवा र उद्दारमा समर्पित जीवन ज्योति सेवा केन्द्र कास्कीको केन्द्रीय फेलोशिप तथा उत्साहित कार्यक्रम पोखराको सोंपाल तमु समाजको सभाहलमा विहिबार सम्पन्न भयो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् संस्थाका सल्लाहकार संयोजक सागर कार्कीले संस्थाका लिडरहरूलाई एक अर्काको विरोध नगरि मिलेर संस्थागत हितमा अगि बढ्न सुझाए। सबैको योगदान अमुल्य रहने हुदाँ एकले अर्कालाई सम्मान र सहयोग गर्न आग्रह समेत गरे। संस्थाले छोटो समयमा गरेको कार्यको प्रशंषा गर्दै कार्कीले मानवीय सेवा र उद्दारमा सबै भन्दा अग्रणी स्थानमा रहन संस्थाका पदाधिकारी सबैलाई अनुरोध गरे।
कार्यक्रममा शारिरिक असक्त कास्की विरौटाका चित्रबहादुर सुनार र तनहुँ बेलबासका भुवनसिंह गुरूङलाई ह्विल चियर समेत वितरण गरिएको थियो। करिब २ सय पचास संस्थाका लिडर्स तथा सदस्यहरू सहभागी उक्त कार्यक्रममा तनहुँ शाखा अध्यक्ष बलबहादुर थापा, बिरौटा उपशाखा प्रमुख ठिमाया पुन तथा विभिन्न जिल्लाबाट उपस्थित सदस्यहरूले जीवन परिवर्तनका अनुभवहरूबारे बोलेका थिए।
संस्थाका केन्द्रीय अध्यक्ष सिर्जनादेवि रिजाल कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा प्रार्थना बेनी सल्लाहकार दिपिका बाँनिया र कार्यक्रमको सञ्चालन संस्थाका सचिव तिलुमाया थापा खवासले गरेकी थिईन्।