पोखरा, पुस ८ गते । पोखराको जीवन ज्योति सेवा केन्द्र कास्कीले दिपक तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
मेरुदण्डमा समस्या भएका झापा स्थायी ठेगाना भै हाल पोखरा १५–नयाँ गाँउ बस्ने तामाङको आर्थिक अवस्था कमजोर रहेकाले केन्द्रले आर्थिक सहयोग गरेको हो ।
केन्द्रका अध्यक्ष सृजना रिजाल कार्कीको अध्यक्षतामा बसेको आकस्मीक बैठकले तामाङलाई २८ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो ।
अध्यक्ष रिजाल सहित समितिका पदाधिकारी र सदस्यहरुको उपस्थितिमा तामाङलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।