टाइगर कप माघ १ देखि, १२ टिम सहभागी हुने, पुुरस्कार राशीमा बृद्धि, विजेतालाई ५ लाख ५५ हजार

पोखरा, पुस १३ गते । माघ पहिलो साता पोखरामा चौथो संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आउदो माघ १ गतेदेखि ६ गतेसम्म पोखरा रंगशालाको भलिबल प्रशिक्षण केन्द्रमा लिग कम नकआउनका आधारमा प्रतियोगिता सञ्चालन हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक टाईगर ग्रुुपले जनाएको छ ।

चौथो संस्करणमा पुरस्कार राशी समेत बृद्धि गरिएको छ । टाईगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको बताए । उनलका अनुसार ५५ हजार रुपैयाँ बृद्धि गरिएको बताए । प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी १२ टिमले सहभागीता जनाउने पक्का भएको पत्रकार सम्मेलनमा शर्माले बताए ।

प्रतियोगितामा दुई विदेशी टोलीले सहभागिता जनाउने छन् । महिला तर्फ हरियाणा पुलिस क्लब(भारत) र पुरुष तफ श्रीलंका आर्मी टिम(श्रीलंका)ले प्रतिस्पर्धा गर्ने छन् । पुरुष तर्फ गण्डकी प्रदेश, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि प्रतिस्पर्धा गर्ने टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जनाए । उनका अनुसार विदेशी खेलाडीको उपस्थितिले स्वदेशी खेलाडीमा पनि केही उत्साह थपिने विश्वास लिईएको बताए । तेस्रो संस्करणमा भने महिला तर्फ नेपाल पुलिस क्लबको सहभागिता रहेको थिएन ।

 

 

महिला तर्फ सशस्त्र प्रहरी बल(एपिएफ क्लब), न्यु डायमण्ड युथ स्पोर्टस, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र नेपाल पुलिस क्लबको सहभागित रहेको उनले जानकारी दिए । चौथो संस्करणको प्रतिस्पर्धाको लागि ग्रुपले पोखरा रंगशालाभित्रको भलिबल प्रशिक्षण केन्द्रको मैदान मर्मत र अस्थायी प्याराफिट् निर्माणको तयारी सुरु गरेको छ । प्रतियोगितामा विजेता महिला तथा पुरुष दुवै टोलीले समान नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । गत वर्षको विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेको थियो । त्यस्तै उपविजेता टोलीले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो स्थानमा रहने टोलीले नगद १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष शर्माले बताए । उनका अनुसार पुरुष तर्फ सहभागित विदेशी टोली श्रीलंकाको आर्मी टोली उत्कृष्ट टोली रहेको बताए । आर्मी टिम राम्रै हो त्यसैले हामीले राम्रै ब्यवस्था गरेका छौ उनले भने ।

 

पुरुष तथा महिला सर्वोत्कृष्ठ खेलाडीले समान २५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । दुवै इभेण्टका उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्ट्राईकर र उत्कृष्ट प्रशिक्षकलाई १० हजार ५ सय ५५ रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने ग्रुपका अध्यक्ष शर्माले जानकारी दिए । पत्रकार सम्मेलनको सञ्चालन सचिव डिवी नेपालीले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...