पाेखरा, पुस १६ गते । आजबाट अंग्रेजी पात्रोअनुसार नयाँ वर्ष २०२४ सुरु भएको छ ।
विश्वभरी नयाँ वर्षलाई हर्सोल्लासका साथ स्वागत गरिएको छ ।
अंग्रेजी नयाँ वर्षकै अवसरमा नेपालमा विभिन्न कार्यक्रम समेत आयोजना गरिएको थियाे ।अंग्रेजी नयाँ वर्षकै स्वागतमा पर्यटकीय शहर पाेखरामा सडक महाेत्सवकाे आयाेजना भैरहेकाे छ ।
लेकसाईडकाे तीन किलोमिटर क्षेत्रमा विभिन्न सांस्कृतिक नृत्य, कन्सर्ट, खेलकुद प्रतियाेगितासंगै हाेटल तथा रेष्टुरेन्टले सडकमै सेवा दिएका छन । सडकमै खाँउ सडकमै रमाऊ भन्ने नारा सहित आयाेजित सडक महाेत्सवमा नयाँ वर्षको स्वागतका लागि हजारौं आन्तरिक पर्यटक फेवाताल किनारमा पुगेका थिए ।
नयाँ वर्षको आगमनकाे स्वागतमा गरिएकाे आतिबाजी हेर्न आन्तरिक तथा बाह्य पर्यटक मध्यराति १२ बजेसम्म बसेका थिए । केही वर्ष विवादका कारण नभएकाे आतिबाजी भएपछि सडक महाेत्सवमा राैनकता थपेकाे थियाे ।