पाेखरा, पुस १६ गते ।मगर सामुदायमा आधारित मगर कथानक चलचित्र ‘मिसार’ नेपाल मगर संघ जिल्ला समन्वय कास्कीको आयोजनामा आगामी पौष २१ गते बाराही हल पोखरामा प्रदर्शनी हुने भएको छ ।
शिक्षा, व्यवसाय, प्रतिभा प्रस्तुुत र भाषा, सस्कार, संस्कृति संरक्षण गर्नुका साथै चलचित्रलाई व्यवसायी रुपमा अघि वढाउने उद्धेश्यले मिसार प्रर्दशन गर्न लागेको संघका जिल्ला अध्यक्ष राम बहादुर थापामगरले बताउनुभयो । चलचित्र मगर र खस दुवै भाषामा भएकाले गैर मगर सवैले हेर्न सकिने चलचित्र निर्देशक सन्तोष पिठाकोटे मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार विहान १२ र २ वजे गरी दुइ शो प्रर्दशन गरिनेछ । म्याक्शन फोर डि. स्टुडियोको चौथौ प्रस्तुती मिसारको लेखन, छायांकन, सम्पादन र निर्देशनमा शेर ब. पिठा मगर ‘सन्तोष पिठाकोटे’ हुनुहुन्छ । मिवाट पिठाकोटे मगरको प्रस्तुती, भेष गुरुङ्ग र सुजन थापा मगरको सह–निर्देशन रहेका छन् ।
कलाकारहरु रबिन्द्र थापा मगर, देबेन्द्र थापा मगर, सनम आले मगर, जेनिता थापा मगर, दिपु मगर, प्रतिक्षा राना मगर, भेष गुरुङ्ग, भेष बहदुर पिठाकोटे मगर रहनुभएको छ । त्यसैगरी कोट ब. बाचे मगर, निशा थापा मगर र पबित्रा थापा मगर लगायतका कलाकारहरु पनि रहनुभएको छ ।
कलाकारहरु पवन थापा मगर, अम्बिका पुन मगर, प्रसाद खप्तरी मगर, प्रीती आले मगर, गगन गुरुङ्ग, रेशम आले मगर, यम सारु मगर, उषा गुरुङ्गको स्वर रहेका छन् । नृत्य निर्देशनमा राहुल थापा मगर, सृर्जन थापा मगर, केशव आले मगर गोबिन्द पुन मगर रहनुभएको छ । छवि राना मगरको कलरिङ्ग मिक्सिङ्ग र डबिङ्ग रहेको छ ।
चलचित्र निर्मार्ण गोविन्द थापा मगर, सबिता थापा मगर, मस्राङ्गी ब्रोदर्स हङ्कङ्ग, कोट बहादुर बाचे मगर, मुक्त गुरुङ्ग, प्रेममाया आले मगर र पबित्रा थापा मगरले गर्नुभएको हो । म्याग्दी, स्याङजा, कास्की र चितवनमा छायांकन गरिएको चलचित्र तनहँु, चितव, नवलपरासी, नवलपुर, हंकङको सफल प्रदर्शनी पछि पोखरामा प्रदर्शन हुन लागेको चलचित्र निर्माता गोविन्द थापा मगरले जानकारी दिनुभयो ।