पोखराबेसि बहुउद्देश्यीय सहकारीमा दोहोरीए : नारायण पहारी

पोखरा, पुस २२ गते । पोखरा महानगर पालिका वडा नं २, बागलुङ बसपार्क मा अवस्थित पोखराबेसि बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा नारायण पहारी पुन चयन भएका छन ।सहकारीको शनिबार सम्मपन्न दोस्रो निर्वाचन सहितको पाचौं बार्षिक साधारण सभाले आगामि चार बर्षे कार्यकालका लागि पहारीलाई सर्वसम्र्मत अध्यक्षमा चयन गरेको हो ।

तेसै गरि संस्थाको उपाध्यक्षमा दयाल गिरी, सचिब कमल तिमिल्सीना, ससचिब शक्ति प्रधानाङ, कोषाअध्यक्ष सनोज पहारी, सदस्य तिलाबति अधिकारी कोइराला र महेन्द्र पुन चयन भएका हुन । नौ सदस्यीय कार्यसमितिमा दुई सदस्य संचालक समितिले चयन गर्ने प्राबधान रहेको निर्वाचन संयोजक जगत बहादुर पहारीले जानकारी दिए ।

 

संस्थाको शनिबार नै सम्पन्न सभाले विभिन्न उपसमिति समेत गठन गरेको छ । लेखा तथा सुपरिक्षण समितिको संयोजकमा प्रेमराज पहारी सदस्यहरुमा दुर्गा अधिकारी र बबिन नेपाली छन, भने ऋण परिचालन उपसमितिको संयोजकमा दयाल गिरी र सदस्यहरुमा शोभाखर गौतम र रमेश थापा लाई चयन गरिएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।

 

कार्यक्रममा प्रमुख अतिथि एवंम गण्डकी प्रदेश सासद प्रकाश बरालले कार्यक्रमको उद्घाटन गर्दैे “सहकारीको महत्व जति दुरदराज गाउँका मानिसहरुमा छ, शहर बजारका मानिसमा महत्व कम भएको भन्दै संचालकहरुले सहकारीको उद्देश्यर सिद्धान्तमा रहेर अगाडी बढ्नु पर्ने” बताएका छन । गाउँघरमा छोरा छोरी पढाउन देखी विदेश पठाउन पनि सहकारीको भर पर्ने गरेको बताउदै, सहकारीले आफ्ना सदस्यहरुको सहयोगका लागि नयाँ योजना ल्याउन पर्नेमा जोड दिए । सहकारी सफल हुनुमा मुख्य दायित्व शेयर सदस्य रहने बताउर्दै संचालक समितिमा मा कस्ता सदस्यहरुलाई कार्यसमितिमा ल्याउने भन्ने कुरामा चनाखो हुन शेयर सदस्यहरुलाई आग्रह गरे ।

 

अध्यक्ष नारायण पहारीले सहकारीले सदस्यहरुको मनो भावना अनुरुप नै काम गरेको बताउदै, सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्ने, नयाँ कार्यक्रमहरु ल्याइने बताए । सहकारीको माध्यमबाट गाउँको र शहरको सम्वन्ध जोड्ने र गाउँको उत्पादनलाई शहरमा ल्याइ शहरको पुजिलाईलाइ गाउँमा लैजानुका साथै शहरमा बस्ने ब्यक्तिहरुलाई सुलभ स्वास्थ बस्तु उपभोग गर्ने बाताबरण सृृजना गरि सदस्यहरुलाई सुखी सम्वृद्दि बनाउने आफ्नो योजना रहेको सुनाए ।

 

पोखरा महानगर पालिका वडा नं २ वडा अध्यक्ष तथा सल्लाहकार दिवशमान प्रधानङले सहकारीलाई सफल र सक्षम बनाउनका लागि सम्र्पूण सदस्यहरुले आफ्नो सहकारीमा कारोबार गर्ने आग्रह गरे । पहारी कुल संरक्षण समितिका राष्ट्रिय अध्यक्ष जगत बहादुर पहारीले सहकारीले निम्न आर्थिक स्तर भएका सदस्यहरुको जिवन स्तर उकास्न सके मात्र सहकारीको महत्व बढ्ने बताए । अध्यक्ष नाराण पहारी सभाअध्यक्षतामा सम्मपन्न कार्यक्रममा उपाध्यक्ष दयाल गिरी, सचिब कृष्ण तिमिल्सीना सल्लाहकार राजु क्षेत्री,हरिबशं सहकारी पो.न.पा १८का अध्यक्ष कृष्ण प्रसाद तिमिल्सीना, लेखा संयोजक प्रेमराज पहारी लगाएतका बक्ताहरुले बिषम परिस्थिीतिमा संस्थालाई जोगाइन राख्न सक्नु गर्भको विषय बताउदै, छोटो अवधिमा नै संस्थाले गरेको प्रगतिको प्रशंसा गरेका थिए ।

 

२०७५ सालमा स्थापना भएको सहकारीमा ३ करोड ४६ लाख २५ हजार २ सय शेयर पुजि रहेको छ । ७ करोड ८७ लाख २१ हजार २ सय ७० रुपैया लगानि रहेको सहकारीमा निक्षेप ५ करोड २९ लाख ८४ हजार ६ सय ९९ रुपैया भएको जानकारी सभामा गराएका थिए । सहकारीको खुला सदस्य निति अनुरुप हालसम्म १ हजार १ सय ४ जना शेयर सदस्य रहेका छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...